अमेरिकामा ग्लोबल फेस्ट २०१६ सम्पन्न

विआरटि नेपाल सम्बाददाता

कोलोराडोको अरोरा सिटि स्थित म्युनिसिपल सेन्टरमा नेपाल लगायत ४० देशको सहभागितामा ग्लोबल फेस्ट २०१६ सम्पन्न भएको छ ।कोलोराडोको अरोरा सिटिको आयोजनामा सम्पन्न यो कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले ” फेसन सो” र “परेड अफ द नेसन्स” मा आफ्नो सहभागिता जनाएको थियो ।

आफ्नो देशको पहिचान झल्कने परम्परागत भेषभुषामा सजिदै फेशन सो का सहभागीहरुले आफ्नो राष्ट्रिय र जातीय पहिचानको सगौरब प्रदर्शन गरेका थिए ।नेपालको परम्परागत पोशाक दौरा सुरुवाल र गुन्युचोलो अनि नेवारी ,गुरुङ र तामांग भेषभुषामा सजिएका नेपाली सहभागीहरूको प्रदर्शनी सबैको आकर्शनको केन्द्र बनेको थियो ।नेपाली टोली मन्चमा पुग्दा “यो नेपाली शिर उचाली ” राष्ट्रिय गीत बजेको थियो भने नेपालीले पहिरेका सबै भेषभुषाको बारेमा स्क्रिप्ट सुनाइएको थियो।

अर्को कार्यक्रम परेड अफ द नेसन्समा चालिस देशका सहभागीहरू सँगै रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव विनोद त्रिपाठीले नेपालको राष्ट्रिय झण्डा बोकेर कार्यक्रम स्थल परिक्रमा गर्नु भएको थियो भने मन्चबाट नेपालको झण्डा सहित नेपालीको परिचय दिनुभएको थियो ।

उक्त अवसरमा विभिन्न देशका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू समेत प्रदर्शन गरिएको थियो ।मेम्बर अफ कङ्ग्रेस,सिटीका मेयर लगायत ठुलो सङ्ख्यामा रहेका दर्शकहरुको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो ।

Published on August 21, 2016 at 9:54 am

Loading...

यसमा तपाइको मत