‘शेर्पा किदुक दक्षिण कोरिया’ अधिवेशन सँगै ‘छुसक’

लाक्पाजी शेर्पा-सोल, २१ अगष्ट

दक्षिण कोरियामा रोजगारीको सिलसिलामा पुगेका शेर्पाहरुको साझा सङ्गठन दक्षिण कोरिया शेर्पा किदुगको दोस्रो अधिवेशनको प्रचारप्रसार र तयारी व्यापक गरिएको छ । सेप्टेम्बर १६ का दिन अधिवेशन सँगै छुसक सांस्कृतिक साँझआयोजना हुने भएको हो ।

आम शेर्पा र नेपालीहरूलाई विभिन्न समस्या, जटिलतामा साथदिने र आपसी समन्वय, सद्भाव र भाइचारा स्थापना गर्ने हेतुले २०११मार्च ०५ मा स्थापना भएको किदुगले अधिवेशनको लागि तयारी तीव्र रूपमा अघि बढाइएको पदाधिकारीहरुले जानकारी दिए । विभिन्न सामाजिक, सेवा मूलक कार्यहरूमा अग्रिम मोर्चामा देखिने किदुगले आयोजना गर्ने छुसकमा हास्यकलाकार डोमाह्योल्मो र शेर्पा समुदायका चर्चित कलाकार छिरिङ शेर्पाको विशेष प्रस्तुति सहितको सांस्कृतिक साँझहुने जनाएको छ । छुसकको लागि ‘साँझ७ बजेदेखि निरान्तर बिहान ५ बजेसम्म’को समय निर्धारण गरिएको आयोजक संस्थाले जनाएको छ ।

बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने मूल सन्देश प्रवाह गर्ने हेतुले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सम्पूणलाई किदुगले आह्वान गरेको छ । ‘प्रवास मै रहेरभाषा, धर्म, संस्कार सांस्कृतिकको संरक्षण, सम्बद्र्धनमाविशेष सहयोग पुर्‍याउने उद्देश्य समेत रहेको छ ।’ संस्थाका शेर साङवो शेर्पाले भने । कोरियामा स्थापना भएको नेपाली भाषी संघसंस्था र नेपालीहरू बिच एकता, समन्वय, सदभाव बढाउने, ब्यस्तता थकान र तनाव न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन छुसकको आयोजना गर्न लागिएको शेर्पाले जानकारी दिए ।

सेर साङवोको अध्यक्षमा उम्मेदवारी

यसैबिच घोषित अधिवेशनमा किदुगको अध्यक्षको रूपमा दोलखा स्थायी घर भएका सेर साङवो शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । उनी दोलखाली समाजका संरक्षक, वर्तमान दोलखा शेर्पा बि.सी. संम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष समेत हुन् ।

शेर्पा समुदायलाई सामाजिक चेतना र समाज रुपान्तरणमाक्रियाशिल गराउँदै समुदायको श्रीवृद्धिहुने कार्यक्रमहरुलाई प्रभावकारी रूपमा अघि बढाउन आफूले अध्यक्षको उम्मेदवारी घोषणा गरेको अध्यक्षका प्रत्यासी शेर साङवोले बताए । ‘सामाजिक गतिविधिहरू प्रभावकारी रूपमा अघि बढाउँदै संस्थालाई बढी फाइदामुलक र सामाजिक वनाउँदै आम शेर्पाहरुको हितमा उपयोग गर्न मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’ सेरले भने ‘भावीकार्य योजनाहरू यसअघि नै मिडियाहरु मार्फत सार्वजनिक गरिसकेको छु ।’

किदुगले यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागिभई अधिवेशन सफल बनाइदिनु हुन आह्वान गरेको छ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागिभई ‘रिफ्रेस’ हुन समेत किदुगको अनुरोध छ । विभिन्न कोरियन खानाको परिकारले कार्यक्रमलाई अझ भव्य बनाउने छ । विभिन्न सामाजिक क्षेत्रमा ख्याती कमाएका व्यक्तित्व र सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रम ओझ पूर्ण हुने जनाएको छ । अधिवेशनको शेर्पा खबर डटकम र शेर्पाखबर साप्ताहिकले मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने भएको छ । अधिवशेन सफलताको लागि विभिन्न देशमा रहेका शेर्पा सङ्घ संस्थाहरूले शुभकामना दिन थालिसकेका छन् ।

भाषा, धर्म संरक्षणगर्ने ‘नारा’

छुसक साङ्गीतिक साँझ आयोजना गर्नुको मुख्य उद्देश्य भाषा, धर्म, संस्कार, संस्कृति जगेर्ना गर्नु रहेको जनाएको छ । ‘आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण सम्बद्र्धन गरौँ’ भन्ने आदर्श नारा सहित कार्यक्रम आयोजना गरिएको हो । विभिन्न देशले बुद्धको जन्मस्थल बारे गलत प्रचार वाजी गरिरहेको सन्दर्भमा भ्रमलाई चिर्न समेत ‘बुद्धवास ब्रोन नेपाल’भनेर प्रचार गर्न लागिएको जनाएको छ । अन्य महत्त्वपूर्ण कार्यक्रमहरू सहित वर्तमान पहिचानको मुद्दालाई समेत सघाउन पुर्‍याउने उद्देश्य रहेको जनाएको छ ।

छुसकमा चर्चित हास्य कलाकार तथा गायिका डोमाले आफ्नो वेजोड प्रस्तुति दिनेछन् भने गायक छिरिङले ‘मन चङ्ग चङ्ग भई उडीगयो’ लगायत उनका चर्चित गीतहरू गाएर सहभागीलाई भरपूर मनोरञ्जन दिलाउने छन् । कार्यक्रमले उठान गरेको नारालाई पुष्टि गर्न शेर्पा जातिको ऐतिहासिक झाँकी, श्याब्रु नृत्य समेत हुने जनाएको छ । कार्यक्रम सफल पार्न तयारी तीव्र पारिएको आयोजकले जनायो ।

Published on August 21, 2016 at 7:07 am

Loading...

यसमा तपाइको मत