ह्दयमा इमान्दारी, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी हुनपर्छ: रेग्मी

अनुज थापा, न्यु योर्क

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राजनीति जोडघटाउको संक्रमणमै अल्झिंदा देश कहालिलाग्दो रूपमा खोक्रिदै गएको जिकिर गरेका छन् । नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा) ले न्युयोर्कमा शनिवार आयोजना गरेको सामुदायिक अन्र्तक्रिया कार्यक्रममा रेग्मीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“ज्यान जोखिमा राखेर कामदारहरुले विदेशबाट पठाएको रेमिट्यान्सले उपभोक्तावादी अर्थव्यवस्थामा आयातबाट उठेको राजस्वले धेरै हदसम्म सरकारी खर्चलाई सघाउने स्थितिलाई गर्व गर्न सकिँदैन ,”– रेग्मीले भने ।

Photo by Dipika Shrestha (3)

“राजनीतिलाई परिवर्तित सन्दर्भमा सही रेखामा हिंडाउन संविधान कार्यन्वयनको सवालमा देश र जनतालाई सर्वपरि राखी सबै राजनीतिक दलहरूले साझा धारणा बनाउन गम्भिरतापूर्वक सोच्न जरुरी छ । यसका लागि ह्दयमा इमान्दारी, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी भएमा मात्र पुरा हुन सक्ने बताएका छन् । ” 14081046_10210112129857959_1738197566_n

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको छाता सङ्गठनले आयोजना गरेको सामुदायिक कार्यक्रममा रेग्मीले विभिन्न पेसा, अध्ययन र अन्य सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरू माझ अन्र्तक्रिया गर्न पाएकोमा आफूलाई निकै खुसी लागेको अनुभव व्यक्त गरे ।
कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र नेजाका क्षेत्रीय संयोजक विष्णुहरि घिमिरले देश जटिल अवस्थामा रहेको बेला निष्पक्ष, भयरहित वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न गरी देशलाई निकास दिएकोमा रेग्मीलाई धन्यवाद दिए ।14080949_10210112129937961_1570950725_n

पूर्व अध्यक्ष रेग्मी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ तारिखसम्म आयोजित मानवता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गत साता न्यु योर्क आएका हुन्, जहाँ उनलाई अमेरिकाको बि केयर फर हुमानिटी (डब्लुसीएच)ले ‘एसियाज् डिग्नीटरी मेन अफ दी इयर’ सम्मान प्रदान गरेको थियो ।

Photo by Dipika Shrestha (1)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

14112077_10210112129657954_76912850_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फोटो: दिपिका श्रेष्ठ

Published on August 20, 2016 at 10:02 pm

Loading...

यसमा तपाइको मत