तीन संयोजक सहित नयाँ शक्तिका अधिकांश नेता–कार्यकर्ता माओवादी केन्द्रमा फर्किए 

विआरटि नेपाल सम्बाददाता-काठमाडौँ, ४ भदौ ।
नयाँ शक्तिका पार्टी, युवा र महिला संयोजकसहित अधिकांश नेता कार्यकर्ता माओवादी केन्द्रमै फर्केका छन् ।  नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा अछामका संयोजक लोकेन्द्र साउदको नेतृत्वमा जिल्लाका युवा शक्ति र महिला संगठनका संयोजकसहित अधिकांश नेता कार्यकर्ता माओवादी केन्द्रमै फर्केका हुन् ।
युवा शक्तिको जिल्ला संयोजक सोवचन साउद र महिला संयोजक इश्वरी खड्कासहित युवा र महिला संगठनका अधिकांश जिल्ला सदस्य पनि फर्केका छन् ।
कम्युनिष्ट विचारसहितको आर्थिक क्रान्तिको कल्पना आफूले गरेको तर नयाँ शक्तिमा त्यो नपाएपछि आफू माओवादीमै फर्किएको साउदले बताए ।
‘हामीले कम्युनिष्ट विचारसहित नेपालको उन्नती र प्रगती बाबुरामबाट कल्पना गरेका थियौँ तर त्यस्तो भएन । संगठनमा कुनै भूमिका खेल्न नसक्ने, कम्युनिष्ट विचारविरोधीको झुण्ड नयाँ शक्ति बनाइएको छ, वर्ग संघर्षमा योगदान गरेका हामी जस्ता नेता कार्यकर्ता त्यहाँ बस्नुको कुनै अर्थ र औचित्य छैन’ साउदले भने ।
नयाँ शक्तिको अछाम जिल्लामा २३ सदस्यीय जिल्ला समिति छ ।  सात नम्बर प्रदेस र जिल्लाका अधिकांश सदस्यहरु माओवादी केन्द्रमा फर्केका छन् सदस्यहरु लिला भण्डारी, दिपक रावल, सोवचन साउद, इश्वरी खड्का, गोपाल थापा, बिक्रम बुढा रहेका छन् । त्यसैगरी जिल्ला सदस्यहरुमा चक्र रावल, प्रकाश थापा, टेकबहादुर डकुल्ला, प्रकाश राना, प्रकाश खड्का, टिकाराम साउद, रुपबहादुर परियार, टेकबहादुर सुनार कार्की, ज्ञानेन्द्र साउद, डिल्ली टमटासहित १६ नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्केका हुन् ।
महिला संयोजक खड्काले दिएको जानकारीअनुसार जिल्ला सदस्यहरु लक्ष्मी रावल, रम्बा विष्ट, डम्बरी साउद, रामदेवी खड्का, झरना खड्का, अमृता खड्का टंकेश्वरी साउद पवता रावल चन्द्र खड्का लगायतत जिल्ला समितिका अधिकांश सदस्यहरुले नयाँ शक्ति परित्याग गरेका छन् ।
जिल्ला संयोजक साउदले पहिलो चरणमा आफूहरु फर्केको र दोस्रो चरणमा बाँकी नेता कार्यकर्ताहरु फर्किने बताए ।
यता माओवादी केन्द्रले पनि एकताको भाव आउने गरी समान जिम्मेवारी दिने नेताहरुले बताएको साउदले बताए । उनले माओवादी केन्द्रका ७ नम्बर प्रदेस इन्चार्ज लेखराज भट्टसहितका नेताहरुको बैठकले जिल्लादेखि केन्द्रसम्म समान हैसियत दिने निर्णय भएको छ ।

Published on August 20, 2016 at 4:14 am

Loading...

यसमा तपाइको मत