गाँठोको ट्रेलर सार्वजनिक

विआरटि नेपाल सम्बाददाता-काठमाडौं,३ भदौ

Published on August 19, 2016 at 10:11 am

maxresdefault

प्रदर्शन मिति तोकेको चलचित्र गाँठोले शुक्रवार ट्रेलर सार्वजनिक गरेको छ । यस अधि सार्वजनिक गीत तथा टिजरबाट चर्चा कमाइरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरेको हो ।

सुरज भुषाल निर्देशित चलचित्र गाँठोले सम्बन्धको कथा बोकेको निर्देशक भुषालले बताए । चलचित्रमा होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको चलचित्र दर्शकको प्रतिक्षित चलचित्र हो ।

यस अधि होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन तथा अभय बराल अभिनित चलचित्र भएका कारण पनि चलचित्र दर्शकको पर्खाईको चलचित्र हो ।

बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको सङ्गीत रहेको छ ।

पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

Loading...

यसमा तपाइको मत