मोहन रिजालको अभिनयमा ‘पहिलो माया’ बजारमा ( भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता

Published on August 18, 2016 at 7:19 am

14030669_1382733641743952_1885784495_n

समिर प्रकाश पाण्डे

साङ्गीतिक बजारमा तिजको लहर चलिरहेको बेला उमंग म्युजिक प्रा.लिले भने माया प्रेममा आधारित लोक दोहोरी “ पहिलो माया” बोलको गीत केही समय अगाडि मात्र सार्वजनिक गरेको छ । गायक रामजी खाड र दिपा विश्वकर्मा ( मुस्कान) को समधुर स्वरमा रहेको यस गीतमा लय/ शब्द राजु विश्वकर्माले गरेका छन् भने ॐ शिव फिल्मस् प्रा.लिई बाट निर्देशक कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायांकन र सुजन शाहीको सम्पादनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा मोहन रिजाल, मञ्जीता र सन्तोष को उत्कृष्ट अभिनय देख्न सकिन्छ। पछिल्लो समय बनेका माया प्रेममा आधारित म्युजिक भिडियोहरुले बजार तताइरहेको अवस्थामा यो भिडियोले पनि दर्शकको माया पाउनेमा उदयमान मोडल मोहन रिजाल आशाबादी छन् । सानै उमेर देखिको एउटा चर्चित मोडल बन्ने चाहना र नयाँ तरिकाले कलाकारिता क्षेत्रमा आउने सोच बनाएका मोहन चकलेटी फेसका छन्, केही समय अघि मात्र यस क्षेत्रमा प्रवेश गरेका उनी अवसर पाए सबै किसिमको अभिनय गर्न इच्छुक रहेको बताउछन्।

Loading...

यसमा तपाइको मत