एनआरएन क्षेत्रीय सम्मेलनको तयारी तीव्र, विभिन्न मुलुकबाट प्रतिनिधि न्युजर्सी आउँदै

विआरटि नेपाल सम्बाददाता

न्युजर्सी १८ अगष्ट ।
एनआरएन आइसिसिको ९ औ सम्मेलनमा भाग लिन विभिन्न मुलुकबाट प्रतिनिधिहरू न्युजर्सि आउने भएका छन् । आगामी अगष्ट महिनाको २७ र २८ तारिखका दिन हुन लागेको आइसिसिको ९ औ सम्मेलनमा भाग लिन ७३ मुलुकका करिब १५० जना नेपाली प्रतिनिधिहरू न्युजर्सी आउने भएका हुन् ।

२७ र २८ तारिख न्युजर्सिको डब्बल ट्रि होटलमा हुने सम्मेलनमा नेपालबाट विदेश आएर विभिन्न व्यवसाय तथा क्षेत्रमा सफलता हासिल गरिसकेका व्यक्तिहरूको उपस्थितिमा आगामी तीन वर्षको लागी नयाँ कार्य दिशा तय गरिने छ ।

एनआरएन आइसिसि अध्यक्ष शेष घले

एनआरएन आइसिसि अध्यक्ष शेष घले

आइसिसिको ९ औ सम्मेलनका बारेमा बोल्दै एनआरएन आइसिसिका क्षेत्रीय संयोजक सोनाम लामाले भने, ‘हामीले अहिलेसम्म गरेका कार्यहरूको समीक्षा गदै अबको तीन वर्षभित्रमा एनआरएनएले कसरी मुलुकको आर्थिक विकास गर्न सकिन्छ भन्ने बारेमा महत्त्वपूर्ण छलफल र निर्णय हुनेछ’ ।

नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको बारेमा सक्रियता जनाउदै आएको एनआरएनले सम्मेलनमा प्रवासमा रहेका युवा, महिला तथा बालबालिकाहरुसंगै नेपालको पर्यटन प्रर्वद्धन, हाइड्रोपावर, रोजगार लगायतको बारेमा पनि महत्त्वपूर्ण छलफल गरिने कार्यम्रम रहेको छ ।
यस अघि सन २०१० मा आईसिसिको क्षेत्रीय सम्मेलन टेक्सासमा भएको थियो । यो सम्मेलनमा जापान, बेलायत, अष्ट्रिलिया, मकाउ, सिंगापुर लगायत युरोपका विभिन्न देशहरुबाट आउने लगभग पक्का भइसकेको छ ।

‘एनआरएन भिजन २०२०’ नारा बोकेको यो सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरूको साथै अमेरिकाका विभिन्न राज्यका करिब दुई सय जनाको उपस्थिति हुने बताइएको छ ।

एनआरएन एनसिसि युएसएका अध्यक्ष डा केशव पौडेले ‘ यो सम्मेलनलाई ऐतिहासिक बनाउनका लागी आफुहरु लागी परेका बताउँदै भने, हामी एनआरएनको यो विशेष कार्यक्रममा जोन केरि, न्युजर्सिका सिनेटरहरु र एसिया प्यासिफिक ममिला हेर्ने प्रतिनिधिलाई पनि निम्तो दिइसकेका छौ’ छौँ ।

पौडेलका अनुसार कार्यक्रममा नेपालबाट ६ जना सांसद, इभेन्ट पार्टनर, एनआरएन सविचलयका प्रतिनिधि, चर्चित व्यक्तिहरू र पत्रकारहरु गरी २१ जनालाई निम्तो पठाएको छ । निम्ता गरिएका ती व्यक्तिहरूको नाम एनआरएनले आफ्नो वेभसाइडमा राखेको छ । सम्मेलनमा विभिन्न देशको प्रतिनिधिहरूको साथमा अमेरिकाका विभिन्न स्थानीय संघसस्थाका प्रतिनिधिहरूलाई पनि निम्तो दिइसकेको युएसए अध्यक्ष पौडेलले बताए ।

उपेन्द्र महतो

उपेन्द्र महतो

एनआरएनको प्रत्येक वर्ष साधारण सभा हुन्छ । एक वर्ष नेपालमा अर्को वर्ष विदेशमा । नेपालमा हुने साधारणमा निर्वाचन हुन्छ । विदेशमा हुनेमा सस्थाको एकवर्षको गतिविधि र आगामी वर्षको बारेमा छलफल हुँदै आएको छ डा. पौडेल भन्छन् ।

सम्मेलनमा उपस्थित हुनेहरुमा बाहिरबाट आउनेलाई २ सय डलर र अमेरिकाबाट आउनेहरुलाई एक दिनको लागी १ सय डलर लिन लागेको एनआरएन आरसि लामाले बताए । उनका अनुसार दर्ता शुल्क तिरेको रकममै होटलमा खाने बिहानी खाजा, दिउसो खाना र वेलुकी खानाको व्यवस्था गरेको छ ।

सम्मेलनमा एनआरएनएको केन्द्रीय अध्यक्ष शेष घले, देश विदेशमा व्यापार व्यवसायमा ख्याती कमाउन सफल उपेन्द्र महत्तो, जिवा लामीछाने, नेपालबाट सफल व्यवसायी विनोद चौधरी, नेपालका सांसदहरु लगायत अन्य विभिन्न क्षेत्रको व्यक्तित्वको उपस्थिति हुने पक्का भएको छ । सम्मेलनका लागी बनेका १४ जना इभेन्ट पार्टनरको सहयोगमा १ लाख ७१ हजार डलर रकम सङ्कलन भएको आरसि लामाले बताए ।

उनका अनुसार कार्यक्रमको लागी अहिलेसम्म १ लाख ७१ हजार डलर उठीसकेको छ । तर यो रकम सम्मेलनमा खर्च गरेर बचेको एनआरएनको काठमाडौमा निर्माण हुन लागेको भवनमा खर्च गरिने छ । ‘ लामाले भने, सम्मेलन अगावै दुई लाख उठने हामीले अनुमान गरेका छौ’ ।

सम्मेलनको पहिलो दिन उदघाटन र दोस्रो दिन विभिन्न क्षेत्रको व्यक्तिहरूको साथमा विभिन्न फोरमहरु हुने भएको छ । मुख्य बक्ताहरुमा शेष घले, विनोद चौधरी, उपेन्द्र महतो, जिबा लामिछाने, कुमार पन्त, भवन भट्ट, आदी रहेका छन्

नेपालका सबै भन्दा धनी ब्यापारी विनोद चौधरी

नेपालका सबै भन्दा धनी ब्यापारी विनोद चौधरी

कल्चलर कार्यक्रम
त्यसै गरी एनआरएन सांस्कृतिक कार्यक्रम आइतबार बेलुका ७ बजे देखी करिब साढे २ घण्टा हुनेछ । कल्चलर कार्यक्रम संयोजक दिल बहादुर श्रेष्ठले बिआरटी नेपाललसंग को कुराकानीमा, कल्चलर कार्यक्रममा गायक गायिकाहरु प्रमोद खरेल, यम बराल, नलिना चित्रकार, पबिता परीयार, बेदराज बस्नेत, लक्ष्मी बजगाइ, गाम्बु शेर्पा, सुमन बुढा मगर, तिलक श्रेष्ठले आफ्नो गीत प्रस्तुत गर्नेछन भने नृत्यमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी तथा उनका विद्यार्थीहरू, वसन्त श्रेष्ठको कोरियोग्राफिमा दुई वटा नाच, नन्दिता के सी, भबिस्या भुसाल, बिन्दु सापकोटा, अनुश्का कार्की, सौगात श्रेष्ठ, आयुश अधिकारी लगाएत लोक दोहोरी तर्फ शान्ति भण्डारी, प्रेमराजा महत, तिलक श्रेष्ठ लगाएतको प्रस्तुति रहने छ । दिपीका श्रेष्ठ र तिलक श्रेष्ठले कल्चलर कार्यक्रमको सन्चालन गर्नेछन ।

Published on August 18, 2016 at 2:16 am

Loading...

यसमा तपाइको मत