अमेरिकामा चेली जोली अमात्य सयुक्त राष्ट्र संघकि यूवा सम्मेलनको युवा अध्यक्षमा नियुक्त

विजय थापा ,वाशिंगटन डिसी ,१७ अगष्ट

नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ यो नियुक्ती संगै ।संयुक्त राष्ट्र संघको इतिहासमै नेपाली छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कान्छी तथा पहिलो नेपाली मुलकी बनेकी छिन् ।

पििता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी छोरी जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् ।

जोली भन्छिन आफुले कहिले पनि पछाडी फर्केर हेर्दिन । उनले अगाडी भनिन, नेपाल र नेपालीको नाम राख्न आफुले कुनै कसुर नछोड्ने बताईन ।

जोलीले कुराकानी गर्दै यो युवा सभा सयुक्त राष्ट्र संघको सबै भन्दा ठुलो तथा लामो चलिरहेको युवा सम्मेलन भएकाले यो एक अद्वितीय मंच हुनुको साथै संवादलाई प्रोत्साहन गर्छ भनिन भनिन् । यस्ले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरु ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाज बीच साझेदारीलाई उत्पादन गराउने उनले बताईन् ।

उक्त पदमा उनि नियुक्त भए पछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफुले नेतृत्व गर्न पाएकोमा हर्षको सिमा नै नरहेको र आफुले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन । यो संख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता उनको छ ।
उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनको युवा अध्यक्षता गरेकी थिइन् भने जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ ।

उनको अध्यक्षतामा भएको सम्मेलनमा उनले सम्बोधन गर्दै उनले भनिन म यो कुरामा जहिले पनि विश्वास गर्छु कि जब तपाईको अभिलाषा र तपाईको लक्ष्य ठोकिन्न्छ त्यहाँ बिस्फोटन हुन्छ त्यसले तपाईलाई सदैब ज्वाला दिन्छ, म त्यो अभिलाषा र लक्ष्य तपाईहरु संग चाहन्छु ।

उक्त सम्बोधन को क्रममा सयुक्त राष्ट्र संघका महासचिब बान कि मुनलाई बिशेष संदेश सुनाउनुका साथै सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको पनि बताईन ।

सन् २०१५ मा आफु सह(अध्यक्ष भै समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको पनि उनले बताईन । ।

गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनि संग अनुभव राखेकी उनले आफु नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भूत सम्भावना रहेको र सहि निर्देसन ,परामर्श तथा अवसर आवस्यकता रहेको बताईन ।

उनले युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको अनुभव सुनाईन् ।

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट ू पदकले सम्मान गरेको थियो । जोली गैर मुनाफा सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायिक हुन् भने उनले कमिटि अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन् । युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्वगर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताउँदै उनलाई सयुक्त राष्ट्र संघ मा पटक पटक वक्ताको रुपमा निमन्त्रणा आई रहने पनि बताईन्् ।

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिकमा पढेकी हुन् । सन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त उनि त्यो समयमा उनि बिध्यालयमा स्तरको अध्ययनका क्रममा थिईन् ।

जोलीले अमेरिकाको आएवा बिद्यालयमा बित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व बिद्यालयमा पूर्वस्नातक ९अन्डर ग्रजुएट ०तहमा अध्ययन गरेकी छिन् ।

https://www.facebook.com/jolly.amatya/videos/10154394149084876/

 

Published on August 18, 2016 at 9:49 am

Loading...

यसमा तपाइको मत