ए एन ए को अध्यक्षमा डा.शम्भु ढुंगाना

बिआरटी नेपाल सम्बाददाता  कोलोराडो ।

Published on August 17, 2016 at 10:49 pm

ana officers

खगेन्द्र अधिकारी ब. उपाध्यक्ष,

क्यानडाका मित्र काफ्ले उपाध्यक्ष

उत्तरी अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो तथा शक्तिशाली राष्ट्रिय संस्था अशोसिएसन ऑफ नेपलिज इन अमेरिका’ (एएनए) को गत अगस्ट १४ मा बसेको एएनए कार्यकारिणी समितिको बैठकमा अध्यक्ष रोजर अधिकारीले सोही दिनबाट लागुहुने गरी राजीनामा गर्नुभयो ।

कार्यकारिणी समितिले उहाँको राजीनामा सोही अनुसार स्वीकृत गरी ब. उपाध्यक्ष डा.शम्भु ढुंगानालाई अध्यक्षमा निर्वाचित गर्‍यो । साथै हालका उपाध्यक्ष द्वय खगेन्द्र अधिकारी र विजयराज भट्टराई मध्ये सिनियर खगेन्द्र अधिकारीलाई रिक्त ब. उपाध्यक्षमा निर्वाचित गरेको छ।

सम्मेलन मै बसेको एएनएको साधारण सभाले एएनएको नयाँ विधान पारित गरेको थियो । नयाँ विधान अनुसार अध्यक्षले राजीनामा गरे ब. उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ भने उत्तरी अमेरिकाको अर्को मुलुक क्यानडा हेर्नका लागी क्यानडा रिजन उपाध्यक्षको व्यवस्था गरिएको छ । सोही अनुसार कार्यकारिणी समितिको बैठकले क्यानडा क्षेत्रका लागी मित्र काफ्लेलाई उपाध्यक्षमा तथा श्याम सेढाईलाई कार्यकारिणी सदस्यमा निर्वाचित गरेको एएनए प्रेस बक्तब्यमा जनाइएको छ ।

नब नियुक्त उपाध्यक्ष मित्र काफ्ले

नब नियुक्त उपाध्यक्ष मित्र काफ्ले

प्रवासमा नेपाली पहिचानको स्थापना तथा अधिकारको रक्षा अनि मातृ-भूमिको दु:ख-सुखमा सहभागी हुने पवित्र उद्देश्यका साथ सन् १९८३ मा स्थापित यस संस्थाले स्थापना काल देखि नै क्यानडा तथा उत्तरी अमेरिकामा रहेको नेपालीहरूलाई आफ्नो उदेश्य अनुसार विभिन्न गतिविधिहरूमा साथ माग्दै, साथ दिँदै आएको छ ।

एएनए ले आफ्नो यात्राको ३३ सौं राष्ट्रिय सम्मेलन गत जुलाई १ देखि ४ सम्म एटलण्टामा भव्यता पूर्वक सम्पन्न गरेको थियो । आगामी २०१७ को सम्मेलन बाल्टिमोरमा हुनेछ ।

ए.एन.ए.कार्यकारिणी समिति यस प्रकार रहेको छ:

अध्यक्ष: डा. शम्भु ढुंगाना
ब. उपाध्यक्ष: खगेन्द्र अधिकारी
उपाध्यक्ष: विजयराज भट्टराई (अमेरिका)
उपाध्यक्ष: मित्र काफ्ले (क्यानडा)
महासचिव: डा. अनुप श्रीवास्तव
कोषाध्यक्ष: डा गम्भीर श्रेष्ठ
इन्फर्मेसन अफिसर: डा तुलसी जोशी

बोर्ड अफ डाइरेक्टर:
रमेश गुरुङ,
जय मण्डल,
श्याम सेढाई,
श्रीधर कंडेल र
नारायण श्रेष्ठ

Loading...

यसमा तपाइको मत