के भन्दछन् त संगीतकर्मी र कलाकारहरु हरितालिका तिजको बारेमा ?

विआरटि नेपाल सम्बाददाता

समिर प्रकाश पाण्डे

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गाउँ सहर तिर रमझम शुरु भईसकेको छ तिज को बारेमा के कस्ता बिचारहरु राख्छन त  हाम्रा नेपाली संगितिक क्षेत्रका कलाकार हरु : हेरौं के भन्छन,,जस्ताको तस्तै:

-हाम्रो प्रश्न छ, तिज लाई कसरी लिनुहुन्छ ?

                                                                             खुमन अधिकारी13933504_1372357799448203_243372058_n
(लोक दोहोरी गायक)

तिज एउटा चाड हो ।  पहिले महिलाले मात्रै मनाउनी चलन थियो अहिले महिला पुरुष दुबै मिलेर मनाइन्छ दिदी बहिनी माइत गएर मजाले दर खाने नाच्ने गाउनि गर्नी अनी दिदी बहिनिहरुलाई दाजुभाइ हरुले साथ दिनुहुन्छ ।  पहिले बिहे भएकालाई फोकस गरिन्थ्यो भने अहिले बिहे नभएका लाई पनि फोकस गरिन्छ ।

सन्तोष के.सी13936515_1372359929447990_1120912442_n(संगितकार तथा गायक)

पहिलाको तिजमा सभ्य सरल आफ्ना घरमा भएका कथा व्यथा माइतीमा गएर बिलौना पोख्ने,अनि बर्खा भरी काम गर्दा छोरीले मिठो मसीनो खान पाइन होला भनेर माइतीघर बाट दाजुभाइ आफ्नी चेलिलाई लिन गइ बर्ष दिनको तिजमा माइत बोलाइ अनादी चामलको भात टन्न घ्यु ख्वाएर दर खाने भन्ने चलन थियो,बिहान तिन बजे उठेर घरधन्दा गर्नुपर्ने देवर नन्दा सासु ससुरा लाइ रिझाउन पर्ने बर्ष भरी सासुले बुहारी लाइ गरेको हेपाहा ब्यबाहर लाइ माइती मा आइ तिजको एक दिन तिज भाका मा ति गुनासो पोख्दै धित मरुन्जेल नाँच्ने चलन थियो तर अहिले त्यस्तो रहेन जमाना आधुनिक तिर ढल्कियो सासुलाइ बुहारी ले कजाउने दिन आए दर खाने नाममा दुइ महिनाअघि देखि पार्टी प्यालेस हरुमा तिजको रौनक देखीन थाल्यो भड्किलो तरिकाले गहना सारीको शो हुन थाल्यो घरमा बुढिले तिज मान्न महङ्गा साडी गहना मागेपछि घर झगडा सुरु भो दर खाने नाममा ह्ववस्कि खाएर हिन्दि गित मुन्नी बदनाम हुवे डार्लिङ तेरे लिए मा नाँच्न थाले

कला लम्साल13956822_1372357809448202_548484919_n
(गायिका)

विशेष गरि हिन्दु नारी हरुको महान चाड हो यो। यस्को महत्त्व  को हिसाबले हेर्दा आफुले मन पराएको ब्याक्ती को दीर्घआयु को कामना सहित वर्त बसी चाड मनाईने गरिन्छ।साथै महिला हिम्साको विरुद्ध मा,समाजिक कु प्रथा को विरुद्ध मा महिला हरुले गीत को माध्यम  बाट आवाज उठाउने सास्कृतिक आन्दोलन को सुरुवात को रूपमा  पनि  लिन सकिन्छ।

बाबुराम बोहोरा13933414_1372358232781493_520069688_n
मोडल तथा सर्जक ( तिर्सना म्युजिक प्रा.लि)

तिज नारी हरुको पर्व हो यो पौराणिक काअल देखि चल्दै आयको पर्व हो हिन्दु बिभाहित नारी हरुले आफ्नो पति को आयौं लामो होश  भनेर व्रत गर्नेर अविभाहित नारी हरुले राम्रो पति मिलोस भनी व्रत बस्ने चलन छ यसै को निरन्तरता आज सम्म तिज लाई हिन्दु नारी हरुले पर्बको रुपमा मनाउदै आइयको छन ।

प्रकाश भट्ट13936802_1372357762781540_677143035_n
मोडल तथा म्युजिक भिडियो निर्देशक ( साई भिजन प्रा.लि)

तिज भनेको नेपाली चेलीहरुको दुःख सुःख पोख्ने एउटा ठाउँ हो, सोह्र श्रृगांरमा चिटीक्क परेर आउने एउटा चौतारो हो । जहाँ चेलिहरुले मन भित्रैवाट वह पोख्ने गर्छन
यस पर्वमा महिला दिदीबहीनीहरुसंगै जम्मा भएर दरखाने अनी बर्ष दिनको दुख पिडा बिर्सेर रमाईलो गर्ने नाच्ने व्यस्तवमा यो  पर्ब महिला दिदबिहीनि र माईती संगको भेटघाट गर्ने अबसर हो जस्तो लाग्छ ।

राजु ढकाल13936804_1372357782781538_775583990_n
गायक तथा मोडल

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । तिज भन्ने बित्तिकै दर खाने भन्ने कुरा पनि जोडिन्छ तिजको दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन छ यस पर्वमा नाच गान गरि अाफ्नो मनका दुख सुख साटा साट गर्ने पनि गरिन्छ ।

कल्पना श्रीपाल13942169_1372357736114876_1723111352_n
गायिका तथा मोडल

हरितालिका तिज बिशेष गरी नेपाली हिन्दु महिला हरुको माहन पर्व हो, यसमा अाफ्नो मनमा लागेको कुराहरु बिना कुनै डर निर्धक भएर गित को माध्यम बाट पनि प्रस्तुत गरिदै अाएको पाईन्छ बिशेषत: अविवाहित महिला ले राम्रो पति पाउ भनेर शिवजी संग बर माग्दै वर्त बस्ने गरिन्छ भने बिवाहितले अाफ्नो पतिको लामो अाउको लागि वर्त गरिन्छ,  माहितीको अागनमा गएर अाफ्नो दुख सुख पोस्ने एउटा रमाईलो चाड पनि हो तिज ।

संम्झना लामिछाने मगर13936695_1372358292781487_721382604_n
गायिका तथा मोडल

नेपालमा हामी हिन्दुहरुले मानिदै अाएका मुख्य 3 पर्व  मध्य मा एक मुख्य पर्व हो तीज जुन हिन्दु धर्म प्रति आस्था राख्नु हुने जति ले र बिषेश गरि अझै महिला दिदिबहिनीले यस चाड लाई अझै रंगिनमय बनाएको पाइन्छ,,अझै बिषेश त बिहे भयको दिदीबहिनी ले आफ्नो पति को आयु लामो होस भनि बर्त बस्नु हुन्छ भने बिहे नभएका दिदिबहिनीहरुले राम्रो मन ले चिताएको  पतिको घर पाइयोस् भनेर बर्त बस्नु हुन्छ!!साथै यस पर्ब लाई बषौंसम्म छुट्टिएर बस्नु भएको चेलीबेटी दाजुभाइ र आमा बुबालाई साथी सङ्गी सबै लाई एकजुटाउनु गराउनु अनि गीत गाएर नाच्ने मन को भरी बिसाउने पर्ब मानिन्छ!

बिमल अधिकारी13933073_1372357769448206_4725230_n
मोडल तथा सर्जक ( भावना म्युजिक प्रा.लि)

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन । माईतीमा गई दिदि बहिनी संग दुख सुख पोख्ने पर्वको रुपमा पनि लिने गरिन्छ ।

किस्ना आचार्य ‘रोशनी’13956991_1372358806114769_515093844_n
सर्जक तथा गायिका

सामान्यतया तिज पर्व टाढा टाढा भएका चेलीबेटी दिदिबहिनी माइतीघर को आगनिमा जम्मा हुने एक विशेष  अबसर हो त्यसै गरि परापुर्ब कालदेखि नै तिजको पृष्ठभुमि गीतसंगीत संग गासिएको हुनाले आफ्ना सुखद तथा दुःखद् अनुभुती लाई गीत र नृत्य बाट खुलेर व्यक्त गर्ने गरिन्छ ।
त्यस्तै धार्मिक परम्परा अनुसार तिजको व्रत बसेपछि राम्रो पति पाइन्छ भन्ने पनि मान्यता भएका कारण गीत गाउदै नाच्दै आफ्नो इच्छा व्यक्त गर्ने पर्व पनि हो ।

रश्मी तामाङ13942461_1372358259448157_1938301610_n
डान्सर तथा मोडल

तिज एउटा नाराहरुको माहान चाड हो यसमा बिवाहित नारीहरुले अाफ्नो श्रीमानको लामो अायुको लागि केहि नखाई वर्त बस्ने गरिन्छ भने अविवाहित नारीले असल राम्रो जिवन साथी पाउ भनि वर्त गर्ने गरिन्छ,

बिस्वास नेपाल
गायक ,मोडल तथा एरेन्जर
13956903_1372357746114875_297445292_n

तिज त खासमा नेपाली महिलाको विशेष पर्व को रुपमा मानिदै आएको पर्व हो ! किनकी हिजोको दिनमा  महिलाहरु  जसरी बर्ष दिन भरि घरको  काम धन्दामा तल्लिन हुन्थे घरको काम शिबाय अरु केही थिएन त्यहि बन्धन लाई महिलाहरुले बर्षआदिन सम्म मनमा गुम्सिएका दुख सुख पिर ब्यथा आपसमा  साटासाट गर्ने दिन को रुपमा लिईन्थ्यो ।तर जमना अनुसार तिज अलि फरक भाको त छ तर यसरी फरक भाको छ कि जो अब तिज पर्व  रत्यौली मा परिणत भएको महशुस हुदैछ । ब्यबसायिकता मा ढल्केपछि महिला को नभएर अहिले पुरुषको तिज भईरहेको छ ।

Published on August 17, 2016 at 6:14 am

Loading...

यसमा तपाइको मत