अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

रुस र युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि एचडब्लुपिएलको अपिल

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:२९ मा प्रकाशित

शान्ति स्थापनाका क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था हेभन्लि कल्चर वल्र्ड पिस रेस्टोरेसन अफ लाइफ (एचडब्लुपिएल) ले युक्रेनबाट रुसले आफ्नो सेना हटाउन माग गरेको छ। संस्थाका अध्यक्ष मान ही लीले एक विज्ञप्ति जारी गर्दै शान्ति स्थापनाका लागि विश्वव्यापी सहयोगका पक्षमा वकालत गर्न सबैसँग आग्रह गरेका छन्। एचडब्लुपिएल रुस र युक्रेनको वर्तमान संकटको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघलाई समर्थन गर्दै शरणार्थीहरूलाई सहयोग गरेर मानवता प्रदर्शन गर्न सबै राष्ट्रसँग आग्रह गरेको छ।

संयुक्त राष्ट्रको इकोसक र सियोल मेट्रोपोलिटन सरकारसँग सम्बद्ध दक्षिण कोरियामा अवस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एचडब्लूपीएलले युक्रेन र रुसमा शान्ति स्थपनाको लागि विश्वव्यापी सहयोगको अपिल समेत गरेको छ । विज्ञप्तिमा रूसले सबै सेनालाई आफ्नै क्षेत्रमा फिर्ता लैजान र अन्तर्राष्ट्रिय समुदायलाई युद्ध शरणार्थीहरूलाई संरक्षण र समायोजन गर्न पनि एचडब्लूपीएलले माग गरेको छ । साथै युद्ध विरोधी आन्दोलन र शान्तिको लागि एकजुट हुन विश्वका युवाहरुलाई एचडब्लूपीएलले अपिल गरेको छ ।

सार्वभौम राज्य विरुद्ध सैन्य आक्रमण कुनै पनि समस्याको समाधान हुन सक्दैन, र यस्तो युद्ध र हिंसक द्वन्द्वको खतराले महिला, युवा र बालबालिका लगायत निर्दोष नागरिकहरूलाई सबैभन्दा बढी असर गर्छ। रुसले आफ्नो सेनालाई आफ्नो देशमा फिर्ता लैजानैपर्छ ।  हामी सबै राष्ट्रहरूलाई शरणार्थीहरूलाई मद्दत गरेर मानवताप्रतिको आफ्नो प्रेम प्रदर्शन गर्न अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

एचडब्लूपीएलले विश्वमा राजनीति, धर्म, युवा, महिला र मिडिया क्षेत्रका नेता र प्रतिनिधिहरू बीच एकता निर्माण गरी शान्तिको लागि विश्वव्यापी नेटवर्क निर्माणको प्रयास गर्दै आएको छ । सन् २०१८ मा एचडब्लूपीएलले १९२ देशका राष्ट्रका प्रमुखहरूलाई विश्वभरका ५,८०,००० नागरिकहरूद्वारा लिखित शान्ति पत्रहरू हस्तान्तरण गरिएको थियो । शान्ति पत्र मार्फत शान्तिका लागि सहयोगमा आफ्नो सहभागिता सुनिश्चित गर्न माग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू