न्युयोर्कमा सुरसुधाको कार्यक्रम सम्पन्न

विआरटि नेपाल सम्बाददाता

न्यु योर्क । सोरवे फाउन्डेसनले न्युयोर्कमा चर्चित साङ्गीतिक समूह सुरसुधाको कन्सर्ट सम्पन्न गरेको छ । म्यानहटनमा आयोजित कन्सर्टमा विभिन्न सङ्घ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकारको बाक्लो उपस्थिति थियो भने अमेरिकनहरुको पनि उपस्थिति थियो । अमेरिकाका पूर्व राजदूत स्कट डेलिसीले यो फाउन्डेसन नेपालका लागि स्थापना गरेका हुन् ।

फाउन्डेसनले नेपालको विभिन्न सामाजिक काममा सघाउनका लागि अमेरिकाको विभिन्न सहरमा गरिने क्रममा न्युयोर्कमा यो कार्यक्रमको आयोजना गरेको डेलिसीले बताए । ‘नेपालमा गरेको कुटनीतिक सेवाको क्रममा नेपाललाई नजिकबाट चिन्ने मौका मिल्यो,’ डेलिसीले भने, ‘प्राकृतिक सुन्दरता विविध जातजाति, संस्कृतिको धनी नेपाललाई सहयोग गर्न म हौसिएको छु’ उनी थप्छन ।

डेलिसी भन्दै थिए, आगामी वर्षभित्र नेपालमा अमेरिकी घाइते हिरोहरुलाई लिएर भ्रमण गराउनका साथै नेपालमा दमकल केन्द्र र टुरिजम एकेडेमी खोल्ने उनको लक्ष्य छ । उनका अनुसार घाइते अमेरिकन हिरोहरुमा बोस्टन बमकाण्डमा घाइते भएका, वल्र्ड ट्रेड सेन्टर आक्रमणमा घाइते भएका हिरोहरु सम्मिलित नेपाल भ्रमण हुने भएको छ । न्यु योर्क हुदैं अमेरिकाको बाल्टिमोर, बासिङटन डिसी, टेक्सस लगायत विभिन्न आधा दर्जन राज्यहरूमा सुरसुधाले कार्यक्रम गर्ने भएको छ । पूर्व राजदूत डेलिसिले सुरसुधाका कलाकारहरुलाई लिएर फाउन्डेसनको लक्ष्य प्राप्तिको लागि अमेरिका यात्रामा निस्केका छन् ।

कलाकारलाई नेपाल देखि अमेरिकासम्म ल्याउनेदेखि कार्यक्रम तर्जुमा गर्नेका साथै कलाकारलाई बस्नको व्यवस्था डेलिसी आफैले गरेका छ । न्युयोर्कको कार्यक्रम संयोजक अमित शाहले सबैलाई स्वागत गर्दै सुरु भएको कार्यक्रममा अमेरिकाका कलाकाहरुले ‘फेसन सो’ समेत गरिएको थियो । त्यस्तै सुरसुधाको सङ्गीतमा कलाकारहरू सपना श्री र यम बरालले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए । आगामी कार्यक्रम कोलोराडोमा अगस्ट २७ मा हुने भएको छ ।

Published on August 16, 2016 at 10:25 am

Loading...

यसमा तपाइको मत