‘मिस वल्र्ड नेपाल १९९७’की चाँदनी श्रेष्ठ इन्डोनेशियाका राजाद्धारा सम्मानित

विआरटि नेपाल सम्बाददाता

Published on August 16, 2016 at 9:11 am

unnamed (2)

काठमाडौ,३२ साउन ।

‘मिस वल्र्ड नेपाल १९९७’की सेकेन्ड रनर अफ बिजेता चाँदनी श्रेष्ठ इन्डोनेशियाका राजाद्धारा सम्मानित भएकी छन् । फेसन र ब्यवासाय र समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई त्यहाँका राजाले ‘डि राजा नोसनतारा एम्बेसडर अवार्ड’सम्मान प्रदान गरेका हुन् ।unnamed (1)

सम्मान समारोहमा उनले सक्सेसफुल बिजेश लेडी अवार्ड समेत प्राप्त गरेकी छन् । सन् १९९९ मा फेमिना बुटिकबाट फेसन ब्यवसाय सुरु गरेकी श्रेष्ठले २००५मा दि राइमण्ड सप संचालमा ल्याइन् । त्यसपछि केही ब्यवसाय गरेकी उनले २०१६ मा उनले फेरी अर्काे ब्यवसाय राइमण्ड होम संचालमा ल्याएकी छन् ।

राष्ट्रपती बिद्यादेवी भण्डारीबाट ‘विजनेश अवार्ड २०१६ ’बाट सम्मानित भएकी श्रेष्ठले यसै बर्ष नव नारी म्यागजिनले प्रदान गर्ने ‘वुमन अफ द इयर २०१६’ समेत पा्रप्त गरेकी छन् ।

चन्डोल बिसाल नगर काठमाडौकी स्थानिय बासिन्दा श्रेष्ठ गतबर्ष गएको महाभुकम्प पछि पिडितको सेवामा निरन्तर लागी पर्ने नेपाली मध्इकी एक हुन् । उनको समाजसेवा र फेसन र बिजेनमा रुची रहँदै आएको छ । unnamed

Loading...

यसमा तपाइको मत