आफन्त नभएका बालकको उपचारमा स्थानीयको सहयोग

विआरटि नेपाल सम्बाददाता

ईश्वर थापा\धनकुटा, ३२ साउन ।

धनकुटाको हात्तिखर्कमा रुखबाट लडेर घाईते भएको १४ वर्षीय अनिल तामाङलाई विभिन्न व्यक्तिहरुको सहयोगमा उपचारको लागि धरान लगिएको छ । नेकपा माओवादी केन्द्र धनकुटा सचिव ऋषिराम ढुंङ्गानाको अगुवाईमा आठ हजार जम्मा गरी उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

आफन्त कोही नभेटिएपछि छिमेकीले धनकुटा जिल्ला अस्पतालमा सामान्य उपचार गराएपछि उपचार खर्चको अभावले हात्तिखर्क नै लैजाने तयारी गरेका थिए । घर लैजाने तयारी गरिएको अवस्थामा ऋषिराम ढुङ्गाना सहित विजय घिमिरे, सरोज राई र दिलिप मगरको सहयोगमा धरान पठाईको माओवादी केन्द्र धनकुटाका सचिव ढुङ्गानाले बताएका छन् ।

Published on August 15, 2016 at 9:23 pm

Loading...

यसमा तपाइको मत