सिकागोमा विनोद चौधरीसंग अन्तरक्रिया

विआरटि नेपाल सम्बाददाता

Published on August 15, 2016 at 6:45 pm

NRN Illinoi banner

गैह्र आवासीय नेपाली सङ्घ, केन्द्रीय समन्वय समिति अमेरिकाको इलिनोइ च्याप्टरले आगामी अगष्ट २३ २०१६ का दिन फोर्ब्स पत्रिकामा उल्लिखित नेपालको प्रथम तथा एकमात्र खर्बपति उद्यमी श्री विनोद चौधरीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ I “मिट एंड ग्रीट विथ विनोद चौधरी” नाम दिइएको उक्त कार्यक्रम सिकागो नजिकै रहेको इभान्स्टन सवअर्बको पब्लिक लाइब्रेरीमा साँझ ५ देखी ७ बजे सम्म हुन लागेको कुरा एन.आर.एन.ए. इलिनोइ च्याप्टरका सचिव सत्यनारायण चौधरीले जानकारी गराउनु भयो I

BinodChaudhary picture (1)

इलिनोइ राज्यमा रहेका विभिन्न पेसा, वर्ग र समुदायसँग सम्बद्ध नेपाली समुदायसँग अन्तरक्रिया गर्ने उद्धेश्यले गर्न लागिएको उक्त कार्यक्रममा विनोद चौधरीले एउटा सामान्य अवस्थाबाट सफल उद्योगपति सम्म आइ पुग्दाको आफ्ना अनुभवहरू साट्नु हुनेछ I सो अवसरमा उहाँद्वारा लिखित पुस्तकहरू “मेकिङ्ग इट बिग” र “विनोद चौधरी: आत्मकथा” नामक पुस्तकहरू पनि उपलब्ध गराइने छ I

Loading...

यसमा तपाइको मत