अध्ययनको लागि जापान पुगेका १ नेपाली युवाको मृत्यु

विआरटि नेपाल सम्बाददाता

टोकियो १५ अगष्ट।

अध्यनको लागि जापान पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । २ बर्ष अघि अध्ययनको लागि जापान पुगेका सिन्धुलीका रमेश तामाङ को जापानी समय अनुसार सोमबार बिहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

जापानको ईकेबुकुरो बस्दै आएका २२ बर्षीय रमेस उच्च रक्त चापका बिरामी थिए, उच्च रक्तचापको कारण स्वास्थय समस्या देखिएपछि उनलाइ टोकियोको नागाईमा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको सोमबार बिहान सोहि अस्पतालमा निधन भएको हो ।

Published on August 15, 2016 at 4:42 am

Loading...

यसमा तपाइको मत