काभ्रेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, अहिलेसम्म २० जना घाईतेको उद्धार

विआरटि नेपाल सम्बाददाता

Published on August 15, 2016 at 4:02 am

kavre (3)(1)

काठमाडौं, ३१ साउन ।

काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । आज दिउँसो साढे १ बजे सो यात्रुबहाक बस काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७ खहरेखोला नजिकैको भिरबाट खस्दा दुर्घटना भएको हो ।

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको यात्रुबाहक बसमा यात्रारत अन्य ३५ जना घाइते भएको इन्सपेक्टर विदूर थापाले जानकारी दिएका छन् ।

५० भन्दा धेरै यात्रु रहेको अनुमान गरिएको सो बस दुर्घटनाका घाईतेहरुको उद्धारको काममा सुरक्षाकर्मी र स्थानियवासी जुटिरहेका छन् । घाईतेहरुलाई हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत उपचारका लागि लैजाने प्रयास पनि भइरहेको छ । अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु भएको काभ्रे प्रहरीले जनाएको छ ।

Loading...

यसमा तपाइको मत