गजल- भुपेन्द्र महत

विआरटि नेपाल सम्बाददाता

Published on August 13, 2016 at 8:59 pm

9

कति कुरा यस्ता छन् चाहेर नि भुलाउन सक्दिन म
तिमी भित्रै बन्दकी छ मन अन्त डुलाउन सक्दिन म

निराशाले तिमीलाई छोप्दा म नि डुबेको छु आँसु सित
नातामा जो नाका लाग्यो चाहेर नि खुलाउन सक्दिन म

मायामा म निस्स्वार्थ थिए नत कतै खोट थियो मन भित्र
नचाहेरै कोरिएका मायाका दाग धुलाउन सक्दिन म

तिम्रो खुसीमा नलागोस आँखा भन्दै सचेत छु अचेल म
तिम्रो इच्छा खुसी तिम्रै मेरो रहर घुलाउन सक्दिन म

 

Loading...

यसमा तपाइको मत