नेपाल लिटरेरी ग्रुपद्वारा अन्प्लग कविता वाचन कार्यक्रम सम्पन्न

विआरटि नेपाल सम्बाददाता

Published on August 12, 2016 at 3:28 pm

9

दमक झापा
श्रावण २८ /नेपाल लिटरेरी ग्रुपद्वारा सञ्चालन हुँदै आइरहेको अन्पल्ग कविता वाचन कार्यक्रम आज श्रावण २८ गते दमक १० एसजी होटेलको प्रांगणमा सम्पन्न भयो |नेपाल लिटरेरी ग्रुपको यो तेस्रो शृंखलाको कार्यक्रम हो |आजको यस अन्प्लग कविता वाचन कार्यक्रमका सभापति प्रकाश बुढाथोकी (दमक लिटरेरी ग्रुपका अध्यक्ष )हुनुहुन्थ्यो भने अन्य अतिथि हरुमा एल पी जोशी ,बालचन्द्र सुब्बा,राजन मुकारुंग,गण्डकी पुत्र सुमन पोख्रेल,मनु मन्जिल,देवान किराँती मिश्र बैजन्ती हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन सुन्दर कुरुप्ले गर्नु भएको थियो |यसै गरी स्वागत मन्तव्य विवश बलिभद्रले गर्नु भएको थियो |कार्यक्रमको औचित्य र कवयित्रीहरुको परिचयबारे नेपाल लिटरेरी ग्रुपका वरिष्ठ उपाध्यक्ष मुनाराज शेर्माले मन्तव्य दिनु भएको थियो |

उक्त अन्प्लग कविता वाचनमा सहभागी हुने कवयित्रीहरुमा दमकबाट आचार्य प्रभा ,बिराटनगरबाट सीमा आभास,चितवनबाट सरिता तिवारी हुनुहुन्थ्यो | साँझ ५ बजेबाट उक्त कार्यक्रम कविता मय बनेको थियो |कार्यक्रममा आख्यानकार तथा कवि राजन मुकारुंगलेपनि आफ्नो मन्तव्य राख्नु भएको थियो |उक्त कार्यक्रममा दमक /धरान /कांकड़भित्ता /बिर्तामोड/उर्लाबारी लगायत अन्य ठाउँका कविहरुकोपनि उपस्थिति थियो |

Loading...

यसमा तपाइको मत