अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ६:५९ मा प्रकाशित

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरिएको छ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा कोभिड–१९ को संक्रमणका बीच स्वास्थ्य सतर्कता अपनाएर पुजाआजा गरिएको हो । काठमाण्डौंका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद«काली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा भक्तजनहरुबीनै पुजा गरिएको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि पुजाआजा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू