प्युठानका बाढी पहिरो पीडितलाई जीग्री पाँडेको राहात

विआरटि नेपाल सम्बाददाता

म्युजिक भिडियोको पारिश्रमिक पीडितलाई बाँड्दै जीग्री
प्युठान, जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पीडितलाई राहात वितरण गरेको छ । भूकम्प पश्चात् सामाजिक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पीडितलाई सहयोग वितरण गरेको हो । हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापा लगायतको टोली प्रभावित स्थानमै पुगेर राहात वितरण गरेका हुन् । सय परिवार बाढी पहिरो पीडितलाई एक एक बोरा चामल, म्याट, औषधीलगायतका सामग्री उनीहरूले वितरण गरेका छन् ।
म्युजिक भिडियोको पारिश्रमिक १ लाख रुपैँया राहात सामग्री खरिदका लागि खर्च गरिएको कुमार कट्टेलले जानकारी दिएका छन् ।

IMG_7208

आफ्नो पारिश्रमिकमा अन्य सहयोगी हातहरूको सहयोग थप गरेर पहिलो चरण अन्र्तगत प्रतिष्ठानले प्युठानमा राहात वितरण गरेको उनले बताएका छन् । पिडितहरुको अवस्था नाजुक रहेकाले सहयोगी हातहरूको ठुलो आवश्यकता रहेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ । अब अर्को चरण अन्र्तगत गुल्मी र झापाका बाढी पहिरो पीडित समक्ष पुग्ने उनीहरूको योजना छ । अब समाजीक काममा सक्रिय रहने प्रतिष्ठानले जनाएको छ ।

Published on August 12, 2016 at 12:17 pm

Loading...

यसमा तपाइको मत