परिस्थिती–राधा रिजाल

विआरटि नेपाल सम्बाददाता

सुन्य भो मन,हल्लियो मुटु, दर्दनाक दुःखको यो बेला
को वुझ्न पो सक्छ र यहाँ, दैवको निर्दयी खेला ।
चौधै महिना मात्र अघि उनी गईन, जिम्मा लगाई छोरी
आजै फेरि दोहरियो उही दिन, वग्यो आँशुको खोलि ।

कति राम्रो परिवार थियो, कति थिए होलान् सपना
खायो भित्र भित्रै मनोरोगले, हराइ सवै चेतना ।
कठै ति अवोध मन त्यहाँ, अहिले के सोच्दै होलान्
वुझ्लान भोली, खोज्लान कति, सम्झेरै कति रोलान् ।

आमाले छोडिगइन् त के भयो ? वावा संग मन वुझाएकै थिएँ
रित्तियो काख वावाको पनि आज, आजन्मै टुहुरा भैदिएँ ।
वाच्नु थियो पिडा लुकाई तिमी, दुई छोरीहरुको लागी
गरेनौ निको वावा भैकन, जिन्दगी देखि भागी ।

अवश्य आउथ्यो रात पछि दिन, एकैनास कहाँ हुन्छ र ?
सुखै सुख, खुशी नै खशीले सधै सधै कसलाई छुन्छ र ?
सायद होला पुर्नमिलन तिम्रो, स्वर्गैमा प्रिया सित
जानी जानी बालमनलाई तिमीले, दुःखसंग लगाई दियौ मित ।

जस्को हुदैन कोहि भन्छन, भगवान सधै दाहिना हुन्छन
हाँसी खुसी वितोस ति, दुई परीहरुको जीवन ।
नदुखोस नानुहरुलाई, अभिभावक विहिन भै छाति
हेर्ने छन जुनीभरी तिनले, जोडि तारा आकाश माथि ।

गर्नु थियो हिम्मत तिमीले, आखिर परिस्थिती के चिज हो र ?
साथै थिए अनमोल रत्न तिम्रा, दिन काट्न के गारो थियो र ?
मुखै हेरि वाच्नु थियो तिमीले, हुर्काइ अमूल्य हिरा
स्वर्गैवाट दिन्थिन आशिस, खुसी हुदै समिरा ।

 

(हाल – वाको, टेक्सास अमेरिका)

Published on August 12, 2016 at 9:33 am

Loading...

यसमा तपाइको मत