के रै’छ ए ज़िन्दगी–अशोक

बाग्लुङ् -(हाल मेरिल्याण्ड अमेरिका )

 

‘बुंद राना’ त भन्छन
‘कसले भन्छ हारेको हो ज़िन्दगी
सुनझै हज़ारचोटि खारेको हो ज़िन्दगी ‘
खै! न त हार्नै सकियो
न त जित्नै सकियो
पित्तल पो रै’छ कि क्या हो
जति खारे नि सुन भएन
खिहिएरै गयो बरू कुनै मोल रहेन
दुनिया फेर्छु भन्दै बन्दूक़ बोक्ने लड़ाका झैं
हारेर पनि जितें जस्तो भयों
जितेर नि हारे जस्तो भयों
फ़ुटेर सिसाझै चकनाचुर भयों बरू
सपना जति लावारिस पो भयों बरू
तर धंगधंगी गएन

मेरो मनको सप्तरंगी घोड़ा
कहिले पुग्छ आकाशमाथि
अनि चर्छ झिलमिल ताराहरु मा
डुबदछ आकाशगंगाको गहराईमा
निसपट अन्धकार चिर्दै पछाउँछ दुरको ऊज्यालो छिनमै

छिनमै फेरी बुरकुसी मार्छ सभानाका मैदानहरुमा
उन्मुक्त बेपरवाह
भने डराउछ कहिलेकॉहि जंगली सिंहसंग
र खुमचिन्छ चाउरिएका गाला जस्तै
लुसुक्क बेवजह
हुन त वनमा निसफिकरी वायुलाई चुनौती दिनु फ़ितरत हो यस्को
तर दुनियाको जन्जाल, एकांकि लगाम
क़िस्मत पो हो कि यस्को

Published on August 11, 2016 at 4:52 pm

Loading...

यसमा तपाइको मत