नेपालमा पनि हुने भयो फेशन अबार्ड, डिजाईनहरु प्रतिस्पर्धामा

Published on August 10, 2016 at 4:49 pm

unnamed

काठमाडौं, २६ साउन

संसारका बिकसीत देशमा फेसन अबार्ड नौलो नभए पनि नेपालमा भने पहिलो पटक फेशन अबार्डको आयोजना हुने भएको छ । बिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईन बाट सेबा दिदै आएको क्लोथ नेपालले पहिलो पटक नेपाली डिजाइनरहरु लाई अबसर दिदै फेशन अबार्ड आयोजना गर्न लागेको हो ।

उक्त अबार्ड बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली चर्चित डिजाइनर बिश्ब गौतमले नेपाली फेशन डिजाईनरका लागी यो अत्यन्त महत्बपुर्ण अबसर भएको बताउदै नेपाली डिजाइनले बिश्ब बजार पाउन सम्भाबनाको ढोका खुलेको बताए ।

unnamed (1)

आयोजक संस्था क्लोथ नेपालका प्रमुख रधु थापाले नेपाली डिजाइनर डिजाइन लाइ बिश्ब बजारमा पुर्यउन सक्ने सम्भाबना रहेको उल्लेख गरे ।

सेक्टेम्बर १७ हुने कार्यक्रममा नेपाली चर्चित १० मोडलहरुले १०० जाना नेपाली डिजाइनरबाट छानिएका १० जानाले ५ फरक फरक डिजाईन प्रस्तुत गर्ने छन् । कार्यक्रमलाई बिपिन गुरुङले कारियोग्राफी गर्ने छन् । नेपालमा यस अधि पनि डिनाइनरहरु प्रतिस्पर्दा भएको भए पनि अबार्डकै रुपमा आयोजना हुन लागेको यो पहिलो पटक हो ।unnamed (2)

Loading...

यसमा तपाइको मत