मधेस र पहाड जोडन मेरो उम्मेदवारी-रघुवीर कार्की

काठमाडौँ । नेविसंघको आसन्न १३औं महाधिवेशनमा रघुवीर कार्कीले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । ऐतिहासिक दोसो जनआन्दोलनमा गणतन्त्रका पक्षमा भूमिका खेलेका कार्की विद्यार्थीमाझ बौद्धिक छविका नेताका रूपमा लोकप्रिय छन् ।

पशुपति वहुमुखी क्याम्पसका स्ववियु सचिव भइसकेका कार्की बरहथवा क्याम्पसका इकाई अध्यक्ष हुँदै नेविसंघ सर्लाहीका कार्यवाहक जिल्ला अध्यक्ष समेत भइसकेका छन् । मधेस र पहाडबीच देखिएको चिसोपना मेटन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

“देशमा समावेशीताको सवाल उठिरहँदा नेविसंघलाई पनि सबैको साझा सङ्गठनका रूपमा स्थापित गर्न जरुरी छ,“ सहमहामन्त्रीका उम्मेदवार कार्कीले भने,“मधेस र काठमाडौँको बिचमा केही समययता देखिएको चिसोपना मेटन पनि मेरो उम्मेदवारी हो ।” मधेसमा नेविसंघलाई थप सशक्त बनाउन आफूले भूमिका खेल्ने उनले बताए ।

प्रदेश नं २ बाट सहमहामन्त्रीका प्रत्यासी कार्कीले शैक्षिक क्षेत्रमा देखिएको विकृति,विसँगतीलाई अन्त्य गर्दै शिक्षामा रहेको खाडल पुर्ने र पैसा नहुनेले पढन नसक्ने मधेसका डुम,चमारदेखि कर्णाली,जुम्ला,हुम्लाका बालबालिकाको पक्षमा बोल्न सक्ने नेविसंघ अहिलेको आवश्यक्ता भएको बताए । नेविसंघ विद्यार्थीमात्र नभई सिङ्गो देशका समस्या,बेथितीको अन्त्यका लागि समेत लड्नुपर्ने अवस्था रहेकाले सङ्घको नेतृत्व विद्यार्थीले विवेक पुर्याएर छान्न पाउनुपर्ने बताए ।
विद्यार्थी आन्दोलनबाट आएका नेताहरू नै भोलि देशकै नेता बन्ने भएकाले नेविसंघको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । कार्कीले कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

Published on August 10, 2016 at 6:40 am

Loading...

यसमा तपाइको मत