सेभ अमर ग्लोबल टास्क फोर्सको प्रेस वक्तव्य

Published on August 9, 2016 at 6:20 pm

नेपाल विश्व सहयोग सङ्घ NAGC आफ्नो स्थापनाकाल देखी नै विश्वभरकानेपालीहरुको हक हितको लागि आफ्नो मन, बचन र कर्मले लागिरहेको सर्वविदितैछ। यसै सन्दर्भमा सन २०१२ देखी यस संस्थाका सस्थापक सदस्य तथा सामाजिकसेवा विभागका निर्देशक ईश्वर सिटौलाको सिफारिसमा विगत एक दशक भन्दापनि बढी समय देखी दुबईको जेलमा मृत्‍यु दण्ड को सजाय पर्खि रहेका नेपालदार्चुला धारी निवासी अमर बहादुर बमलाई सो सङ्कटबाट बचाउन यस संस्थालेपहल गरेको हो। तत्पस्चात अन्तरराष्ट्रिय उपाधक्ष युवराज कार्कीकोसँयोजकत्वमा सेभ अमर इन्टर न्याश्नल नेट वर्क (SAIN) गठन गरी युद्दस्तरमाकाम थालेको हो।
मिति 12/29/2012 मा साइन संयोजक युवराज कार्कीले अभियानलाई जारी राख्दै ग्लोबल टास्क फोर्सको निर्मार्ण गरी अगाडि बढ्न सिफारिस गरे अनुसार ग्लोबल टास्क फोर्स मार्फत अभियान हाल पनि जारी रहेको जानकारी गराउन चाहन्छु।

 

SAIN ले सो अभियानको लागि जन चेतना, चन्दासँकलन र अन्य सरोकारवाला संघसंस्थासँग सहकार्य पनि गरेको थियो। चन्दासँकलन कार्य करिब छ महिना सम्म जारी भएको र अन्तरराष्ट्रिय कोषाधक्ष श्री विष्णु बहादुर कार्कीले सम्पूर्ण राज्यहरू र विभिन्न राज्यहरुबाट प्राप्त रकमहरुलाई जोडेर निकालेको 6709 डलर उठेको उल्लेख छ।

 

तात्कालिन अवस्थामा बमको परिवारलाई तात्कालिन राहत, नेपाल र अमेरिकामा विभिन्न कार्यक्रम गरेर बाँकी भएको रकम पीडित अमर बमको सम्मती अनुसार हस्तानन्तरण गर्ने निर्णय भएको थियो। सोही प्रयोजन म नेपाल गएको थिएँ। सो सम्बन्धमा पीडित अमर बहादुर बमसङ्ग टेलिफोन वार्ता हुँदा उक्त रकम नेपालको प्रधान मन्त्रीलाई यु ए ई को भ्रमण गराउन दबाब दिने प्रमुख उद्देश्य अभियानमा खर्च गर्ने सहमति भए अनुसार सन २०१३ को सुरु देखी नै काठमान्डौमा एक सचिवालायको स्थापना गरी सोही मार्फत अभियान अगाडि बढाइएको हो। अमर बम सङ्गको वार्तालापको रेकर्डिङ अझै पनि हामी सङ्ग सुरक्षित छ।

 

अभियान अन्तर्गत पोस्टरिङ्ग, पम्प्लेटिङ, हस्ताक्षर अभियान,जनचेतना जगाउँदै अभियानको लागि समर्थन जुटाउने प्रयास भयो। यो बिचमा अमेरिकाका नेपाली जनसङ्ख्याको बाहुल्य भएका प्रमुख राज्यहरूको भ्रमण, सरो कारवाला विभिन्न देशहरूको भ्रमण, दुई पटक गोष्ठी, २ पटक पत्रकार सम्मेलन र दुई पटक र्याली समेत् निकालिएको थियो। यस बिचमा अभियानका प्रतिनिधिहरूले मलेसिया र यु ए ईका राजदूतहरु सङ्ग, याम्नेस्टी इन्टर न्यास्नल का डाइरेक्टर सङ्ग भेटेको र अभियानमा समर्थन जुटाउने प्रयास गरेको थियो। यो बिच राष्ट्रपति, प्रधान मन्त्री विदेश मन्त्री लगायत देशका प्रमुक राजनैतिक नेताहरू माओवादीका प्रचन्ड, डा बाबुराम भट्टराई, तथा मोहन बैध्य, एमालेका खड्ग प्रसाद शर्मा ओली, माधम कुमार नेपाल, झल नाथ खनाल, नेपाली काङ्रेसका स्वर्गिय सुशील कोइराला , डा राम शरण महत लगायतको प्रतिनिधि मन्डल गएर अमर बचाउ अभियानलाई उचाइमा पुर्याउने प्रयास भएको थियो। २०१२ देखी हाल सम्म जारी अभियानमा कति खर्च भयो होला, उठेको रकमले धान्यो वा धानेन, संस्थाका सद्स्यहरु र संस्थाको खर्च भयो भएन सम्पूर्ण कुरालाई हृदयङ्गम गरेर मात्र टिका टिप्पणी र आलोचना गर्न बान्छनिय हुन्छ। अमेरिकाका विभिन्न राज्यहरू, टेक्सस, मसाचुसेट्स, मेरिल्यान्ड, वाशिङ्टन डिसी, न्यु जर्सी, न्यु योर्क, जर्जिया तथा फ्लोरिडा तथा दुबई, मलेसिया, लण्डन र नेपालमा अमर बचाउ अभियानको लागि विभिन्न कार्यक्रम सहित गरिएका भ्रमणहरुमा प्लेन भाडा, होटेल एवम अन्य खर्च मेरो व्यक्तिगत तवरबाट उल्लेखनीय खर्च समेत भएको छ।

 

क्यालिफोर्नियाबाट प्रकाशित एक वेब साइट् मार्फत अमर बम बच्दैन भन्छ दूतावास-उन्को नाममा रकम उठाउनेले हिसाब देखाएनन अमर बम बच्दैन भन्छ दूतावास-उन्को नाममा रकम उठाउनेले हिसाब देखाएनन भन्ने शीर्षकमा जुलाई ४, २०१६ मा प्रकाशित NAGC द्वारा सन्चालित अमर बचाउ अभियान र यसका हिसाब बारे भ्रामक कुरा सम्प्रेशण गरेको र सो कै देखासिकी गरी अन्य सामाजिक सन्जालमा टिका टिप्पणी भएकोमा हाम्रो ध्यान आकर्षण भएको छ। सो लेखिएका कुराहरू मध्य निम्न बुँदाहरु हाम्रो ध्यान आकर्षित गरेको कुरा निवेदन गर्न चाहन्छु

 

अमर बम बच्दैन भन्छ दूतावास-उन्को नाममा रकम उठाउनेले हिसाब देखाएनन अमर बम बच्दैन भन्छ दूतावास-उन्को नाममा रकम उठाउनेले हिसाब देखाएनन भन्ने शीर्षकमा जुलाई ४, २०१६ मा प्रकाशित
१. अमर बम बच्दैन भन्छन्
२. एन ए जी सी ले हिसाब देखाएन
३. एन ए जी सी का दुई वटा ब्लग छन्
४. एउटा ब्लग व्यापारिक दृष्‍टिकोणले सन्चालित छ

अमर बच्दैन भन्ने भन्ने कुरा थाह पाएर नै नै बचाउने अभियान सुरु भएको हो। यो अभियान एन ए जी सी ले भन्दा धेरै पहिला अन्य सङ्घ संस्थाहरूले पनि चलाएका थिए र व्यापक चन्दा उठाएका थिए। उनीहरू बारे किन मौन रहेको हो बुझी नसक्नु छ। यो सान फ्रान्सिस्को बे एरियामा व्यक्तिगत र संस्थागत रूपमा अनगिन्ती चन्दा उठाइएको र अधिकांशको हिसाब सार्वजनिक भएको हामीलाई जानकारी छैन ।

 

एन ए जी सी ले हिसाब देखाएन भन्नु सरासर झुटो आरोप हो। यसले पटक पटक चन्दा दाताहरुको नामावली अध्यावधिक गरी सकेको छ र अक्टोबर ५, २०१४ मा भएको एन ए जी सी ग्लोबल बोर्ड अफ डाइरेक्टरस को मिटिङ्ले सन २०१३ सम्मको हिसाब फर्स्यौट गरी सार्वजनिक गरेको थ्यो। सोही समय देखी हाल सम्म पनि ती सामाग्रीहरू वेब साइटमा यथावत छन्। त्यसै २०१५ को अगस्तको अन्त्यतिर बे एरियाका एन ए एन सी , जनजाति महा सङ्घ, वाना आदिको हिसाब सार्वजनिक गर्ने क्रममा अमर बचाउ अभियान को अध्यावधिक हिसाब सार्वजनिक गरी कुनै प्रश्न भए सम्पर्क राख्न आव्हान गरिएको थियो। तर एक्कासि क्यालिफोर्नियामा एका एक उब्जनु र चर्चा पाउनु बुझी नसक्नु कुरा भएको छ।

 

एन ए जी सी का दुई वटा ब्लग छन् भन्नु नितान्त झुटा हो। एन ए जी सी को एउटा पनि ब्लग छैन। एन ए जी सी को एक मात्र औपचारिक वेब साइट हो र यो व्यापारिक उद्देश्यले प्रेरित छैन। त्यस्तै सेभ अमर ग्लोबल टास्क फोर्सको वेब साइट २०१३ को सुरु देखी हाल सम्म सञ्चालित छ। मिडिया क्षेत्रमा निकै तर मार्ने व्यक्तिहरूले सञ्चालन गरेको सो वेब साइटका संचालकहरुलाई वेब साइट र ब्लग भन्ने कुरा नितान्त फरक हुन भन्ने ज्ञान नभएको प्रतित हुन्छ। तसर्थ संचालकहरुले शब्द चयन गर्नु भन्दा पहिला गुगल सर्च गर्न वा डिक्स्नेरी हेर्न सुझाव दिन चाहन्छु अन्यथा यहाँहरूको हैसियत माथि प्रश्न चिन्ह आउन सक्छ। यो रचनात्मक सुझाव हो।

 

समाजमा पत्रकारहरु जिम्बेवार निकाय हुन र जिम्वेवार हुन पनि पर्छ। पत्रकारिता सम्बन्धी अमेरिकामा बिद्यामान अाचार सँहिता र कानुनको सम्मान गर्दै पत्रकारिताको धर्म निभाउन म आदरणीय पत्रकार साथीहरूलाई आग्रह गर्दछु।

 

अमर बचाउ अभियान नटुङ्गेको र अन्य विभिन्न सङ्घ संस्थाको प्रतिनिधिलाई राखेर ग्लोबल टास्क फोर्स बनाइएको हो र हाल सम्म सो निकायले एक पैसा पनि कहीँ कतै नउठाएको हुनाले टास्क फोर्समा रहेका आदरणीय नामलाई वदनाम गर्ने कार्यलाई समेत अविलम्ब रोक्न अनुरोध गर्दछौँ। आगामी अगस्त २०, २०१६ मा हुने एन ए जी सी बोर्डको मिटिङ्म हाल सम्मको अध्यावधिक हिसाब फर्स्योट गरी सार्वजनिक गरिने समेत जानकारी दिन चाहन्छु। यो अभियानलाई तार्किक निष्कर्षमा पुर्‍याउन, विभिन्न मतभेदलाई थाँती राखेर निर्दोष अमर बमलाई माया गर्न, एकता र सहकार्यको समेत अनुरोध गर्दछु। सबैको जय होस्।

मणी नेपाली पनेरु
सभापति, सेभ अमर ग्लोबल टास्क फोर्स
संस्थापक अध्यक्ष, नेपाल विश्व सहयोग सङ्घ (NAGC)

Loading...

यसमा तपाइको मत