नेविसंघको महाधिवेशनमा झडप, बन्द सत्र आज पनि अनिस्चित

काठमाडौं, २५ साउन 

नेविसंघको महाधिवेशनस्थल भृकुटीमण्डपमामा झडप भएको छ । विधि सम्मत ढंगबाट प्रतिनिधि विवाद टुंग्याएर मात्रै बन्द सत्र सुरु गर्नु पर्ने भन्दै नारावाजी गर्दै महाधिवेशनस्थल पुगेको र्यादलीलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

महाधिवेशनस्थलमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठी प्रहार गरेर धपाउन खोजेपछि केहिबेर ढुंगा हानाहान समेत भएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुन्दन काफ्ले समूहले अनशन बसिरहेका नेविसंघ कार्यकर्ताहरुको माग सम्बोधन गरी विवाद टुंग्याएर मात्रै महाधिवेशन गर्नुपर्ने माग गर्दै निकालेको र्याली झडपमा परिणत भएपछि आज हुने भनिएको बन्द सत्र सुरु हुन सकेको छैन ।

महाधिवेशनको बन्द सत्र हिजै दुई बजेदेखि हुने भनिएको थियो । विभिन्न जिल्ला र क्याम्पसहरुमा रहेको प्रतिनिधि विवादका कारण र आजको झडपले बन्द सत्रलाई बिथोलेको छ ।

Published on August 9, 2016 at 11:36 am

Loading...

यसमा तपाइको मत