७० जनाको ज्यान जानेगरि पाकीस्तानको अस्पतालमा भएको आक्रमणकोे आइएसले लियो जिम्मा

पाकिस्तान, २५ साउन

पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटाको एक अस्पतालमा सोमबार भएको आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । ७० जनाको ज्यान जानेगरि भएको सो आत्मघाती आक्रमण इस्लामिक स्टेट आइएसले गराएको आइएसको समाचार संस्था अमाकले उल्लेख गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

160808094948-01-pakistan-hospital-bombing-0808-exlarge-169

 

अधिकांशको स्थिति गम्भीर रहेको  यो आक्रमणमा एक सय ५० भन्दा बढी घाइते भएका छन् । अस्पतालमा विस्फोट गराउनु भन्दा केहीअघि बलुचिस्तान राज्यका लोकप्रिय वकिल तथा बलुचिस्तान बार एसोसिएसनका अध्यक्ष बिलाल अन्वर कासीको गोली हानी हत्या भएको थियो । घरबाट सर्वोच्च अदालत भवनतर्फ गइरहेका कासीलाई दुई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।

afp-carnage-as-taliban-kill-70-in-pakistan-hospital-bomb

गोली हानी हत्या गरिएका वकिल बिलाल अन्वर कासीलाई श्रद्धान्जली दिन आएका व्यक्ति जम्मा भएको ठाउँमा आक्रमण भएको हो । उनको शव लगिएको जानकारी पाएर अस्पताल पुगेका वकिल र पत्रकारहरू आक्रमणको मुख्य निसाना बनाइए ।  अस्पताल परिसरमा बमसँगै गोलाबारी समेत गरिएको थियो ।

pakistan

यस अघि आईतवार  कराँचीमा एक चिकित्सकको गोली हानी हत्या गरेको भोलिपल्ट बलुचिस्तानमा वकिलमाथि आक्रमण भएको हो ।  पाकिस्तानमा केही समययता बुद्धिजीवी र पेसाकर्मी आतंकवादीको निसाना बन्नेक्रम बढेको छ ।

image

Published on August 9, 2016 at 9:47 am

Loading...

यसमा तपाइको मत