प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतवीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

भेटवार्ताका क्रममा राजदूत टेप्लिजसले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गरेकी थिइन् । साथै उनले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राख्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

जवाफमा प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका थिए ।

Published on August 8, 2016 at 11:48 pm

Loading...

यसमा तपाइको मत