गीतकार सुवास राईको गीत सङ्ग्रहको सार्वजनिक

काठमाडौँ । गीतकार सुवास राई ‘क्याप्टेन’कृत गीत सङ्ग्रह आम्लाबुङ र सिलिहाङ्मा शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यमा सार्वजनिक गीत सङ्ग्रह आम्लाबुङ र सिलिहाङ्माका बारेमा गणेश पराजुलीले संमिक्षात्मक टिप्पणी गरेका थिए । त्यस्तै अतिथिहरु प्राज्ञ कवि तथा गीतकार श्रवण मुकारुङ र सङ्गीतकार प्राज्ञ शान्तिराम राईले गीत सङ्ग्रहका लागि शुभकामना दिँदै सुवासलाई बधाई दिएका थिए ।

कवि तथा प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण गीतकार टीका चामलिङ राईले गरेका थिए भने कवि चन्द्र रानाहँछाले स्वागत मन्तयव राखेका थिए ।

गोर्खा बुक्स पब्लिकेसन प्रकाशनले बजारमा ल्याएको यो कृतिमा सुम्निमा र पारुहाङको, आँगनैभरि फूलै, हामी साना कोपिला, जिन्दगीमा आज, तिम्रो लागि, नाकमै ढुङ्गी, बाँचेकै छु, पहाडको चुल्ठो, सानो संसार, जीवनभरि बगाउन, सपनामा आइरहन्छ, बिरानो त्यो ठाउँमा, कति सुन्दर, हिमालकी छोरी, पहाडको चुल्ठो, आऊ साथी, माया गर्न जानिनँ, बुद्धचित फल्ने, भुईकुहिरोले ढाके, अरबको ठाउँमा, सारै माया गर्थे, बिर्सनलाई गा¥हो, चोक सडक जस्ता ८३ वटा गीत सङ्ग्रहीत रहेका छन् । भोजपुर नगरपालिका–३ भोजपुरका सुवास राई ‘क्याप्टेन’का यस अघि सम्झनाको साँझबत्ती गजल सङ्ग्रह र सम्झना र सुनाखरी गजल सङ्ग्रह पाठकमाझ आइसकेका छन् । कार्यक्रममा सुवासले यो कृतिले सबैको साथ सहयो पाउने अपेक्षा गर्दै पढेर प्रतिक्रियाका लागि पनि आग्रह गरेका थिए ।

Published on August 6, 2016 at 4:25 am

Loading...

यसमा तपाइको मत