अम्बर गुरुङलाई न्युर्योकमा सम्झदा- विनोद रोका

विआरटि नेपाल सम्बाददाता

गीत, सङ्गीत र गायनमा अम्बर गुरुङ दाइले म अम्बर तिमि धरती हाम्रो मिलन असम्भव छ भनेपनि यथार्थताको धरातलमा वहा नेपालीपनको धरातलमा आफूलाई मिलाई दिनु हुन्छ जस्तो लाग्छ वहाको अभिव्यक्ति र कर्मले गर्दा ।

मित्र राजा घलेबाट थाहा भयो वहा अमेरिका आउदै हुुनुृहुन्छ र न्युर्योकमा अक्टोबर ६, २०१२ का दिन हुने दोहोरी गायक सुमन बुढा साङ्गीतिक साँझमा प्रमुृख अतिथिको हैसियतबाट उपस्थित हुनुहुने छ। अनि मैले वहासंग त्यसो भए भोलिपल्ट आइतबारका दिन हामीहरूले न्यृर्योकमा विगत ४ वर्ष देखि चलाउदै आएको श्रृजनाका यात्राको मासिक कार्यक्रममा उपस्थिति गराई दिने व्यवस्था मिलाई दिनुहोस न भनी अनुरोध गरे जुन घलेजीले अम्बरदाईको सुपुत्री अल्काज्युसंग टेलिकन्फरेन्स गराएर हुन्छमा टुङग्याई दिनु भयो । मैले त्यो खबर श्रृजनायात्राका सहयात्री साहित्यिक मित्र सहदेव र मणिजीलाई सुनाउदा वहाहरु पनि साह्रै खुसी हुनु भो अम्बरदाईको सानिध्यमा यो पटकको श्रृजनाका यात्राहरू हुने भो भनेर । यसैबिचमा राजा घलेजीले आफ्नो फेसबुक मार्फत अम्बरदाईका भनाईहरु मलाई जातीय, क्षत्रीय, वर्गिय चेतना पटक्कै छैन । हाम्रो मूल थलो नेपाल हो र हामी नेपाली हौ । चाहे हामी भाक्सु बसौ वा दार्जिलिङ अथवा अरू विदेश मुलुृक । हाम्रो पुर्खाहरू यतैका हुन । अदभुत र सुुन्दर ठाउँ हो नेपाल यहाँ जातीय विविधता लुकेको छ । यहाँका बाहुनहरुले गुरुङ गीत गाईरहेका हुँन्छन भने क्षेत्रीहरुले तामाङ गीत । र म आफृलाई गुरुङबाट कुलपति भएको भन्ने भ्रम छैन । वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छु म । नेपालमा जातीय सुगन्ध छ, जातजातिले सिङ्गो नेपालका लागि खन्याएको पसिनामा पनि सुगन्ध छ । हामी सबभन्दा पहिला नेपाली हौ, अनि मात्रै अरू जातजाती वा समुदाय आदि… पढेपछि वहा प्रतिको श्रद्धा अझ चुलिएर आयो अनि मैले पनि अम्बरदाईलाई तलको एउटा टुक्रा कवितामा सम्झिन चाहे किनकि आजकाल मलाई प्रदीप थापाले टुक्रेकविको संज्ञा दिन थालेका छन् ।

अम्बर भएर पनि उनी धरतीमा टेक्छन ।
नेपालीलाई केवल नेपाली नै देख्छन ।।
सङ्गीतमा उन्छन सैयौ नेपाली फुललाई ।
भन्दै बाहुन, क्षेत्री, मघराली सबै दाजुभाइ ।।

तर मलाई माथीका चार हरफमा अम्बरदाईका बारेमा भन्नुपर्ने मनभरीको उकुसमुकुस अटाए जस्तो लागेन । अनि त्यो ननिकाले सम्म अरुकाम गर्न पटिृ ध्यानै लाग्न छोडयो । यो न्युर्योक सहरमा धेरै समय भो हामी नेपालीबाट जनजातिमा बाडीएका छौ र कहिलेकाहि त नेपालका राष्ट्रिय व्यक्तित्वहरुलाई यतातिर जातको घेरामा मात्र सिमिल राखेर सम्मान गरिने प्रचलन चल्न थालेकोे अवस्थामा अम्बरदाईको यो नेपालीत्वको पहिचान दिलाउने अभिव्यक्तिले म व्यावसायिक काम पन्छाएर उहासंग काठमाण्डौमा भेट भएको पृष्ठभृमि सम्झदै उहाँले उपहार स्वरूप दिनु भएका २०६३ सालमा उत्तम शान्ति पुरस्कार पाएको कहा गरु ती दिनहरू नामक निबन्ध सङ्ग्रह र अक्षरका आवाजहरू गीत सङ्ग्रह निकालेर फेरी पढन थाले।

२०१० को सेप्टेम्बर महिनामा म नेपाल गएको थिए दसैँ मान्न, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगितामा विजयी हुने विजेताहरुलाई पुरस्कार पुरयाउन र प्रतिष्ठानले प्रकाशन गरेको मेरो गिति संंग्रह जीवनको यात्राको विमोचन गराउन । मैले आफ्नो गितिसंग्रहमा अम्बरदाई, शम्भुजीतदाई र अन्य साहित्य र सङ्गीत क्षेत्रमा रहनु भएका हितैसिहरुबाट शुभकामना राख्ने इच्छा गरे । अरूसँग मेरो पहुच भए पनि अम्बरदाई सँग थिएन । हेमन्त श्रेष्ठजीको राम्रो पहिचान रहेको थाहा पाएर उहालाई नै अनुरोध गरिदिन भनेको थिए तर उहाँले फोनमा सम्पर्क गर्न सक्नु भएनछ । म यही चिन्त्तामा भएकै बेला अम्बरदाईका कान्छा छोरा शरदजी बोष्टनबाट मलाई केही कामको सिलसिलामा भेटन न्युर्योक आउनु भो । यही मौकालाई मैले सदुपयोग गरी उहालाई आफ्नो इच्छा सुनाएर । शरदजी आफै पनि अमेरिकाबाट पियानोमा उच्चशिक्षा हासिल गरेका संगीतकार भएकोले पनि होला मेरो भावनाको कदर गर्दै इच्छालाई पुरा गरिदिने प्रयास गर्ने बचन दिएर फर्किनु भो । म भने उहाँको जवाफको आतुर भएर प्रतीक्षा गरिरहके थिए । नभन्दै उहाँले मलाई फोनमा मेरो कुरा अम्बरदाइ कहा पुगी सकेको र उहाँले शुभकामना दिएर गिति सङ्ग्रहको विमोचनमा पनि सम्मिलित भई दिन मन्जुरी दिएको खबर सुनाउनु भो । मलाई उहाँले काठमाण्डौमा गएर दाइ राजु गुरुङजीसंग भेट गर्नुभनि सम्पर्क फोन नम्बर पनिदिनु भो ।

काठमाण्डौ पुगेपछि म अम्बरदाईको निवासमा पुगे उद्धव भाइलाई लिएर राजुजीसंग समय मिलाई साझतिर । राजुजी पनि कला क्षेत्रमा सक्रिय हुनुृहुदो रहेछ। हामीलाई भाउजूले स्वागत गर्नुभयो मिठो चिया र खाजाको सत्कारसहित अनि दाइको कुकुर भुक्दैथियो सायद मालिक पाहुना आए भनेर उहालाई उठाउन । नभन्दै दाइ बाहिर आउनु भयो । उहा अलि अस्वस्थ हुनुहुृदो रहेछ । दाइलाई मैले पहिलो पटक भेटेको हुँदा आफ्नो परिचय आफैले दिँदै आउनु परेको कारण बताए जुन उहालाई पहिले नै जानकारी भई सकेको रहेछ । केहीबेरको वार्तापछि भाउजूले माथि उल्लिखित दुईवटा पुस्तक र एउटा राष्ट्र्यि गानको सिडि दाइको हातमा राखी दिनु भो । अनि दाइले केही लेखेर मलाई उपहार स्वरूप दिनुभो । उहाँको हातबाट यी अमूल्य उपहार पाएकोमा म ज्यादै खुसी भए । भाउजूले अमेरिका जादा शरदजीको लागि केही कोशेली लगिदिन अनुरोध गनुभो । म हुन्छ भनी अम्बरदाईको स्वास्थलाभको कामना गर्दै बिदा लिएर फर्किए घरतर्फ ।

सेप्टेम्बर २६ का दिन हामी नेपाल प्रज्ञा प्रष्ठिानमा पृरस्कार वितरण समाहरोहमा पुगेर कार्यक्रम सुरु गर्दा सम्म अम्बरदाई आईपुग्नु भएन । मन्चमा प्रमुख अतिथि कुलपति वैरागी काईला, उपकृलपति गङ्गा प्रसाद उपेती, कवि तुलसी दिवस, विश्वबिमोहन श्रेष्ठ, पुरस्कारका संस्थापकहरु हेम पाठक, आमा बशुन्धरा रोका आदि थियौ र पहिलो सत्रको सभापतित्व मैले गरिरहेको थिए । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उपाध्यक्षको हैसियतले । म भने व्यग्रतापुर्वक ढोकातिर हेरिरहेको थिए अम्बरदाईको आगमनलाई । मेरो आशय बुझेर होला तुलसी दिवशज्युले उहाँको स्वास्थ त्यति राम्रो छैन भनेको सुनेको थिए भन्नु भो । उहा पनि वसन्त श्रेष्ठज्युको कविता सङ्ग्रहको बिमोचनका लागि त्यहा आउनु भएको थियो। तर मेरो आशा टुटेन । अम्बर दाइ आईपुग्नु भयोे अस्वस्थताको बाबजुत पनि अनि मेरो गीत सङ्ग्रह जीवनको यात्राको विमोचन गरेर निस्कीनु भो । मेरो खुसीको सीमा नै रहेन उहाँको हातबाट सङ्ग्रह विमोचित भएकोमा अनि केही ग्लानी पनि भो मेरो कारणले वहालाई अस्वस्थताको बाबजुत पनि यहासमम आउनु परयो भनी ।

अम्बरदाईले दिनु भएका दुवै पुृस्तकहरु आधा जसो दशैको खानपिन र इष्टमित्रहरु सँगको भेटघाटबाट फुर्सद निकालेर नेपालमै पढे । मलाई मेनुकाले बल्ल २ वर्ष पछि अमेरिकाबाट केही दिनको लागि नेपाल आएको मान्छेले आराम गर्नु, आफन्त र ईष्टमित्रहरुसँग गफिएर रमाइलो गर्नु । पढने त उतै गएर पढेपनि भई हाल्छ नि किताब छोडर जानु पर्दैन क्यारे पनि भनिन जुन ठिकै पनि थियो । तर मैले किताब पढदा पाएको आनन्दको अनुभूति पनि कम छैन भन्न भने सकिन । यी किताबहरू मैले काठमाण्डौबाट अमेरिका आउदा हवाईजहाजमा पढेर सिध्याए । निबन्ध सङ्ग्रहमा परेका अम्बरदाईका व्यक्तिगत जीवनमा भोगेका, घटेका र उहाँले अनुभव गरेको मिठासपुर्ण लेखाइमा रम्दै कहिले दार्जिलिङ पुग्थे, कहिले उहाँले पहिलो पटक फज्लु भैयाको रेष्टुरेण्टको साझको साङ्गीतिक महफिलमा गाएको गीत सुनेर फज्लुले उहाँको तारिफ गर्दै ए.बि. साहव यकिन मानिए आप एक दिन बढे फनकार बनेगे… भनेर पोखेको उद्गार । पहिलो पटक बाल्यकालमा कसैको हारमोनियममा स्पर्श गरी टया् टया् पार्दा उहामा उठेको सागीतिक तरङ्ग । सुखलाई अचारको स्वाद बनाई दुखको भात बनाई खान्छु भन्ने जीवनको मिठो भोगाई । गिटारको आठवा तार दिजीए भनी पसलमा जादा पसलेले कवसे गितार मे आठवा तार लग्ने लगा भई, अभितक तो छे ही लगतेथे भनी दिएको जवाफको रशिलो स्मरणले आफूलाई पनि त्यही परिवेशमा लग्दथे ।

हे नौलाख तारा उदाए धर्तीको आघन हांसेछ जस्ता गीतहरुबाट चर्चा कमाई सकेका अम्बरदाई काशीनाथ गुरुले ठुलो नाम कमायौ भन्दै स्वावासी दिदा उहाँले नाम मात्र छ सर नाम अनुसारको दाम छैन भनेको र त्यस्को प्रतिउत्तरमा नाम भन्दा ठुलो दाम हो र अम्बर । तिमिले हामी सबैलाई गौरवान्वित बनाएका छौ । आज तिम्रो कत्रो नाम छ हेर त नेपाली समाजमा……भनेको भनाई आजसम्म उहाँको मानसपटमा सकारात्मक सोचको ऊर्जा दिने विऊ बनेको होला जस्तो अनुभव भयो । अनि उहाँको कान्छाले कान्छीलाई लाग्यो वनको बाटो लालटीनै बालेर भन्ने लोक गीतमा रहेको प्रेमी प्रेमिकाको माया प्रीतिलाई पुरा गरिने तत्कालीन सामाजिक परिवेश आदिमा आफुपनि त्यो त हो भन्ने निष्र्कमा पुग्दथे । पढदै जादा कालजयी गीतहरू ए कान्छा मलाइ सुनको तारा खसाई देऊन र मेरो आखालाई राख्ने फुलबारी छैन जस्ता गितहरुका रचयीता र संगितकार पनि उहानै रहनु भएको कुरा कोटयाएको प्रसङ्गले च्वास्स मनमा बिझयो किनकि ती गितहरुका रचयिता अरू नै रहेको भनी यदाकदा लेखिने र बोलीने पनि गरिने गर्दछ ।

अम्बरदाईले दार्जिलिङमा छदा महाकवि देवकोटाले उहालाई सङ्गीतमा भविष्य उज्यालो छ नछाडनु भनेको प्रसङ्ग, गीतकार अगमसिंह गिरीसँग विताएका अविस्मरणीय क्षण अनि उहाँले लेखेको गीत नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको, काँडाकै माझ पहाडी पुल छैन कहा हाँसेको । गीत गाउदा दुबैजना आशुमा आशु मिसाएर रोएको प्रंसग आउदा मैले पनि आशु मिसाए किनकि त्यो परिवेशमा आज म छु । उहाँले म फुल्न जानीन गीत गाउदा गिरीजीले हो भाइ हामी साच्चै फुल्न नजानेकाहरु हौ, फुल्न जानेका भए हामी कता कता र अर्कै अर्कै हुन्थेऊ भनेको नियतीको पिडामा केहीबेर रोकिए अनि लाग्यो अम्बरदाई त्यहा त्यसरी नगोडिनु र नतोडिएको भए सायद आज सुवासीत पुल जस्तो फुल्न सक्नुहुन्थेन कि ?

अम्बरदाईले भुपि शेरचन सहितका गीत, सङ्गीत र स्वरको गहिराइसम्म डुब्नसक्ने मित्रहरुका बिचमा गीत सुनाउदा पाएको आनन्दको अनुभूति र भु पिका गीत सुर रसाएका आखासँगै मेरा पनि आखा रसाए मानौ म पनि एउटा त्यही उपस्थित रहेको श्रोता हु। यद्यपि उहाँको सङ्गीत रहेको मालती मङ्गले गितिनाटक हेर्दा भने धेरै पटक आशु पुछेको छु । अम्बरदाईले निबन्धमा ईश्वर बल्लभ, शङ्कर लामिछाने, उत्तम कुवर, वैरागी काईलासँग विताएका संगितमय क्षेणहरुले मलाई पनि लोभ्याइं रहे। थाहा छैन म पनि पूर्व जन्ममा कहीँ यस्तै साहित्य र सङ्गीतको मण्डलीमा थिए कि ?अम्बरदाईले एउटा लेखमा प्रसिद्ध अभागी हारमोनीयम बाजा भनिएको वाद्य यन्त्र र किवोर्ड मैले पनि घरमा थन्क्याएको छु रहरले तर राम्रो बजाऊन जान्दिन । यद्यपि यही हारमोनियम लगेर शम्भुजीतदाईले न्युर्योकमा रहदा मेरो मेरी प्रिय नामक सिडीमा रहेका केही गीतहरुमा सङ्गीत गर्नु भएको थियो । मैले प्रसङ्गवश भन्न खोजेको के भने म पनि यिनमा रमाऊछु । त्यसैले वकिलको पेसा भए पनि धर्म, साहित्य, सङ्गीत र कलाको क्षेत्रमा लागेका मानिसहरूमा बढी नजिक हुन पुगेको छु ।

अम्बरदाईले यो क्षेत्रमा लागेर कहिले अरूले नभेटने उचाइको सम्मान पाऊनु भएको छ नेपाली समाजमा पैसा नकमाउनु भएता पनि । किनकि वहाका सिडिहरु प्रशंसा गर्नेहरु सबैले किनेर सुनेनन तिनमा मौलीकपन र सङ्गीतको गहिराई रहेको भएता पनि । तर मौलिकता हराएका सिमाहिन विकृत गीत, सङ्गीत र स्वरका सिडि, डिभिडी पस्कीनेहरुले मालामाल पैसा कमाएका छन् । त्यस्तै हामीजस्ता केवल प्रशंसा मात्र गर्ने श्रोताहरुले बनेको देशले पनि श्रष्टाहरुको सम्मान गर्न सकेको छैन । तैपनि अम्बरदाई लेखमा भन्दै हुनुहुन्थयो सङ्गीत गरेर मैले कहिल्यै पनि पैसा कमाउन सकिनँ, तर सङ्गीतदेखि मलाई वितृष्णा भने कहिल्र्य भएको छैन । हाम्रो मुलुकमा कला र कलाकारको दुर्दशा हुनु अभिशाप होइन, स्वाभाविकै हो। आर्थिक विपन्नता र अभाव मात्र हाम्रा निम्ति अवरोध साबित हुन सक्दैनन । हामीसित अरू विपन्नता र अभावहरु पनि प्रशस्तै छन् तर हामी सहृदयता, मासिकता तथा मनोवृत्तिमा पनि दिनहु भनेझै गरिब हुँंदै गइरहेका छौ। अम्बरदाईको लेखन शैलीले मलाई ज्यादै प्रभावित पारयो किनकि प्रवास र अप्रवाशको मिश्रणयुक्त मिठासपुर्ण भाषा छ । मैले बि.पी.कोइरालाको आत्म वितान्त लगायतका अन्य पुस्तकहरू, गणेश रशिकको दशगजा भित्र उभिएर हेर्दा, र जगदिश घिमिरेको अन्र्तमनको यात्रा पुस्तकहरू पढदा पाएको भाषागत साहित्यिक स्वाद भन्दा अम्बरदाईको कहा गए ती दिनहरूमा कुनै कमी भएको महसुस गरिन ।

म लेखहरुमा रमाऊदै र हराऊदै हिडिरहको मान्छे अम्बरदाईले असल र खराब गीत शीर्षकको लेखमा सालाखाला भन्नु पर्दा हामीले निक्कै खराब गीतहरू लेखिसकेका छौ र यो हिसाब अब चरमबिन्दुमा पुगिसक्यो । अब मेरालागि उत्कृष्ट उपाय भनेको आफूलाई अरू नराम्रा गीतहरू लेख्नबाट रोक्नु हो । भन्ने भनाई पढेपछि म टक्क रोक्कीए । अनि उहाँले मेरो गीत सङ्ग्रह जीवनको यात्रामा लेख्नु भएको ….उहा पेसाले कानुन व्यवसायी र मन, भावना र हृदयले गीतकार भन्ने भनाइ चाहिँ ठिक्कै लाग्यो तर एउटा राम्रो गितकारकमा पाइने भावपक्ष, कल्पनाशीलता, सौन्दर्यबोध, संवेदनशीलता रोकाजीमा पाए, गीतहरू छोटा, छरिता, सरल र स्पष्ट छन् भन्ने आदि इत्यादि भनाईहरु भने पचाऊन सकिन। किनकि मैले पनि जानी नजानी धेरै खराब गीतहरू लेखेको थिएहोला र अझै पनि लेख्दैछु रोक्न सकिरहेको छैन। लाग्छ फेरी पनि उहाँको शुभकामना लिन जानु परयो भने मलाई त्यति सजिलो हुने छैन ।

मैले अम्बरदाईको बारेमा एउटा लेख लेख्ने विचार धेरै पहिले देखि नगरेको होइन तर साहित्यिक लेख लेख्ने बानी त्यति नभएको र लेख्नुपर्ने हैसियत आफूमा नपुगेको ठानी मनैभित्र गुम्स्याएर राखेको थिए तर अम्बरदाईको म आफुृलाई गुरुङबाट कुलपति भएको भन्ने भ्रम छैन । वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छु म… आदि माथिका भनाई पढेपछि मैले रोकेर राखेको बाध थेग्नै नसकिने गरी फुटयो र आफ्नो व्यावसायिक कामलाई थाती राखी लागेको कुरा कोर्न थाले मिलोस नमिलो देखा जाला भनेर। किनकि म प्रवासीयर यो न्युर्योक सहरमा बसोबास गर्नथालेको लगभग १४ वर्ष जति भयो । स्वतन्त्रता र अवसरको लागि विश्वभरीका मानिसहरूलाई स्वागत गर्ने स्टाच्यु अफ लिवर्टी भएको विश्वकै सास्कृतीक, राजनीतिक र आर्थिक फाटको केन्द्रविन्दु मानीने यो अमेरिकाको न्युर्योक सहरमा विश्वका प्रायजसो सबै देशबाट आएका करिब ८००० भाषा बोल्ने दुई करोड भन्दा बढी मानिसहरू बसोबास गर्छन् । अमेरिकाको २०१२ को सरकारी आकडा अनुसार नेपालीहरू ६० हजारको सङ्ख्यामा रहेको देखिए पनि यहाँ डेढलाखको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिन्छ । यस आंकडालाई मान्ने हो भने सब भन्दा बढी नेपालीहरू न्युयोर्कमा बसोबास गर्छन् भनिन्छ ।

न्युर्योकमा अरू देशका मानिसहरू उनीहरूको देशको नामबाट चिनिन्छन । धेरै जसो देशका आप्रवाशीहरुले बर्सेनि यहाँ आफनोे देशकाो नामबाट फलानो देशको परेड डे भनेर मनाउछन बडो उत्सवका साथ आ-आफ्ना देशका सांस्कृतिक पहिचान देखाएर तर हामी नेपालीहरूले त्यसो गर्न सकेका छैनौ किनकि हाम्रो सर्वसम्मत रूपबाट कृनै एउटा राष्ट्रिय महत्त्वपूर्ण दिन निस्कदैन । कारण, हामी नेपालीबाट जाती जनजाति र धर्ममा बाडिएका छौ। प्रेम, सदभाव र भाइचाराको सम्बन्धमा धाजा पर्दैछन कला, संस्कृति, भाषा र राष्ट्रियको जोडन नपुगेर । नेपाली बोलेको, नेपाली टोपी लाएको वा नेपालीपन झल्कने अनुहार भएको मानिस भेटदा आफनै नेपालको छिमेकी भेटियो भनेर खुसीले मुस्काउदै तपाईँ पनि नेपाली हो भनी आत्मीयता दर्शाउने परिपाटीमा खिया लाग्दैछ । आजकाल यहाँ मित मित जस्तौ लाग्दैन । गाउँले गाउँले जस्तो छैन अनि नेपाली नेपाली जस्तो लाग्दैन । किनकि हामी जनजाति, राजनीति र क्षेत्रहरूमा बाडिएका छौ । (२२ मे २०१६ मा न्युर्योकमा नेपाल डे परेड मनाईयो र न्युर्योक सिटीले यस परेडलाई आधिकारिक रूपबाट मान्यता दियो तर पनि नेपालीका बिचमा एकात्मकता ल्याउन सकेन)

अम्बरदाईको अमेरिका आगमनको पुर्वसन्ध्यामा सार्वजनिक भएका सदविचार र उहाकोे न्युर्योकमा हुने समुपस्थितिले एउटा जोडन बनेर फाटेका धाजाहरु पुर्न मद्दत गर्न सकोस भन्ने आशा गरेको छु । किनकि मैले खप्तड स्वामीको विचार विज्ञानमा कतै पढेको थिए मान्छेले राम्रा र नराम्रा बिचारहरुका तरंगहरु बाहिरबाट आफ्नो बिचारमा लिन्छन भनेर । राम्रा र सकारात्मक सोच भएका विचारहरू हराउदै गएको यो हामी बस्ने न्युर्योक र अन्य सहरहरूमा अम्बरदाईका यी महान् बिचारसहितका औरा छरिए भने सायद हाम्रा बिचारले तीनलाई ग्रहण गर्ने अवसर पाउने छन् र हामी नेपालीको नामको विशिष्ट पहिचान बनाएर अम्बरदाईले आफ्नो निबन्धमा उत्घृत गर्नु भएको किताब बिगल एण्ड टाईगरका लेखक जोन मास्टरले वीर नेपाली जातीलाई सम्र्पण गरेको वाक्य,… जेनरस एमङ द जेनरस, करेजस एमङ द करेजस अर्थात् उदार भन्दा पनि उदार, साहासी भन्दा पनि साहासीमा बुद्धको अहिंसा, शान्ति, सद्भाव र प्रेमको सन्देश जोडेर नेपालीको विशिष्ट पहिचानमा अरू विशेषणहरु थप्ने सक्ने थियौ ।

अन्तमा तपाईँलाई अमेरिकामा स्वागत गर्दै तपाईँको यो अमेरिकाको यात्रा सुखद, सफल र अविस्मरणीय बनोस भन्ने कामना सहित यो बहकिएको लेखको विट मार्दछु ।

(६ अक्टोबर २०१२ का दिन अम्बर गुरुङ दाइ न्युर्योकमा आउनु भएको बेला तयार पारिएको लेख उहाँको स्वर्गारोहरण पश्चात् पनि सान्दर्भिक रहेको हुँदा पुन प्रकाशित गरिएको छ ।)

Original Post: http://brtnepal.com/literatures.php?pid=12463#sthash.K8aUA2Zn.dpuf

Published on August 11, 2015 at 1:22 pm

Loading...

यसमा तपाइको मत